आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा
फाइल तस्बिर।
सुन्नुहोस्

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

काठमाडौं : आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आइतबार राति देशभर आंशिकदेखि सामान्य रहनेछ। कोशी प्रदेशसहित देशका तराईका केही  स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 
कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.