उपत्यकामा भएका साढे नौ हजार दुर्घटनामा १७८ को मृत्यु

उपत्यकामा भएका साढे नौ हजार दुर्घटनामा १७८ को मृत्यु
सुन्नुहोस्

काठमाडौं : काठमाडौं उपत्यकामा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नौ हजार ६८३ सवारी साधन दुर्घटना हुँदा १७८ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि जेठ मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा नौ हजार छ सय ८३ सवारी दुर्घटना हुँदा एक सय ७८ जनाको मृत्यु भएको हो। सोही दुर्घटनामा परी दुई सय ४२ जना गम्भीर घाइते र सात हजार तीन सय ६३ जना सामान्य घाइते भएका छन्।

सवारी दुर्घटनामा परेर मृत्यु हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर चालक रहेका छन्। चालु आवमा मोटरसाइकल तथा स्कुटर दुर्घटनाबाट ९३ जनाले ज्यान गुमाएका छन्। यसैगरी पैदलयात्री ५६, साइकलयात्री चार, ट्रक, बस र कार दुर्घटनामा तीन/तीन, माइक्रो तथा टिपरमा दुई/दुई र लोडर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमध्ये महिलाका तुलनामा पुरुष बढी छन्। सोही अवधिमा एक सय ३५ पुरुष र ४३ महिलाको दुर्घटनामा मृत्यु भएको छ। मृत्यु हुनेमध्ये आधाभन्दा बढी १७ देखि ३५ वर्ष उमेर समूहका रहेका छन्। कार्यालयका अनुसार १७ देखि ३५ वर्षसम्मका ९२, ३५ वर्षभन्दा माथि उमेर समूहका ७५ र १६ वर्ष मुनि उमेर समूहका ११ जनाले ज्यान गुमाएका छन्।

चालकको लापरबाहीबाट पाँच हजार सात सय ७५, तीव्र गतिका कारण दुई हजार आठ सय ३१, मादक पदार्थ सेवन (मापसे) का कारण पाँच सय ९५, यान्त्रिक गडबडीका कारण एक सय ४२, ओभरटेका कारण दुई सय २७, सडकको अवस्थाका कारण २१ र मौसमका कारण ३४ सवारी साधन दुर्घटनामा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाभित्र हुने सवारी साधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमलाई अगाडि सारेको बताए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौं उपत्यकाभित्रको सवारी साधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा एक हजार आठ सय बढी ट्राफिक प्रहरी परिचालित छन्। 

हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन्। तीमध्ये काठमाडौं उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.