राजीनामा नआएसम्म संसद‍् चल्न दिइदैन किन भनियो? मैले बुझ्न सक्या छैन : प्रचण्ड

राजीनामा नआएसम्म संसद‍् चल्न दिइदैन किन भनियो? मैले बुझ्न सक्या छैन : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष नेकपा एमालेले राजीनामा माग्नुको कारण आफूले नबुझेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो विवादित अभिव्यक्तिको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

 'राजीनामा नआएसम्म संसद् चल्न दिइदैन किन भनियो मैले बुझ्न सक्या छैन,'उनले प्रश्न गर्दै भने,'के यही हो संसदीय अभ्यास। प्रधानमन्त्री दाहालले अभिव्यक्तिबारे संसद्‍मा जवाफ दिन आफू तयार भएपनि प्रतिक्ष दलले सो अवसर नदिएको भन्दै आक्रोश व्यक्त गरे।

उनले पुस्तक विमोचनको सन्दर्भमा आफूले दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले संसद‍्मा उठाएको प्रश्नमा गम्भीर ध्यानाकर्षण भएको बताए। प्रधानमन्त्रीले भने,'पुस्तक विमोचनको सन्दर्भमा मैले दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले संसद‍्मा उठाएको प्रश्नमा गम्भीर ध्यानाकर्षण भएको बताए छ। त्यसको जवाफ दिनका लागि समय माग गरेको थिएँ। सभामुख र राजनीतिक दलबीच छलफल समेत गरेको थिएँ। स्पष्ट पार्नका लागि सुरूदेखि नै पर्खेर बसेको थिए। मलाई थाहा छैन किन संसद अवरोध गरियो। '

असार १८ गते एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। त्यसपछि प्रधानमन्त्री दाहालको चौतर्फी आलोचना सुरु भएको थियो।

सोही विषयलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमाले रास्वपा र राप्रपाले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संघीय संसदको दुवै संसदन अवरोध गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.