कोशी र मधेश प्रदेशमा हावाहुरीसहित भारी वर्षा
आज राती पनि सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ भने कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
काठमाडौं : हाल मनसुनी वायुको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको महाशाखाले उल्लेख गरेको छ।
आज दिनभर नै कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने तथा कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राती पनि सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ भने कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
भोली शुक्रबार कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना छ।
शनिबार पनि देशका सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने छ भने सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।
बाढी, पहिरो तथा हावाहुरी तथा चट्याङबाट जोगिन सचेत रहन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !