लप्ची नाका खोल्न माग गर्दै जिल्ला प्रशासनमा निवेदन

लप्ची नाका खोल्न माग गर्दै जिल्ला प्रशासनमा निवेदन

दोलखा : दोलखाको विगु गाउँपालिका–१ लप्चीमा रहेको चीनसँगको सीमा नाका खोल्न माग गर्दै जिल्ला प्रशासन कार्यालय चरिकोटमा  निवेदन दर्ता गरेका छन्। 

कोरोनापछि बन्द गरिएको नाका अहिलेसम्म नखोलेको भन्दै स्थानीय थुन्डुप घिसिङ शेर्पाले जिल्ला प्रशासन कार्यालय दोलखामा निवेदन दर्ता गराएका हुन्।

नाका नखुल्दा स्थानीयलाई किनमेल तथा उत्पादित सामान बिक्री वितरणमा समस्या हुने गरेको छ। नाका नखुलेकै कारण लप्चीवासीले चौरी, याक, चौरीको घ्यू, छुर्पीजस्ता कुरा फलाक र कुती पुर्‍याउन सकेका छैनन्। आफ्ना उत्पादन बिक्री गर्न नपाउँदा आर्थिक समस्या भएको स्थानीयले बताएका छन्। 

लप्चीका स्थानीयका मुख्य बजार चीनको फलाक र कुती हो। तर नाका नखुल्दा दैनिक उपभोग्य सामान किनमेल र आफूले उत्पादन गरेका कुरा बिक्री गर्न समस्या भइरहेको स्थानीय कर्मा शेर्पाको भनाइ छ। 

लप्चीमा खेती गर्न लायक जग्गा नभएकै कारण धेरैजसोले चौरी पालन गर्दै आएका छन्। 'नाका बन्द भएकै कारण न चौरी बेच्न पाएका छौं न त चौरीबाट उत्पादित घ्यू, छुर्पी नै, हामी मारमा परेका छौं। चौरी चराउन पनि हामी चिनकै जग्गालाई खर्चेरी तिरेर प्रयोग गर्दै आएका थियौं नाका बन्द भएको ५ वर्ष पुग्न लागिसक्यो अझै खोल्ने छाँट नदेखेपछि प्रमुख जिल्ला अधिकारीको शरणमा आएका हौ, थुण्डुप शेर्पाले भने।

नयाँ सरकार गठन भए लगतै चीनले नेपालसँगको धेरै नाका खोलेपनि दोलखाको लप्ची भने सरकारी उपस्थिति नभएको कारण देखाउँदै खोल्न नमानेको स्थानीय बताउँछन्। 

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीको पोष्ट सीमा क्षेत्र लप्चीमा नभै लामाबगरमा राखिएकै कारण नाका खुल्न नसकेको स्थानीय कर्मावाईसर शेर्पा बताउँछन्। 

लप्चीमा सुरक्षा पोष्ट राख्ने विषयमा आवश्यक सुझाव सहितको पत्र गृहमा पठाएको भए पनि जवाफ नआएकाले लामाबगरमै सुरक्षा पोष्ट रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताउँदै आएको छ। 

लप्चीबाट लामाबगर आउन दुई दिन लाग्ने भएकाले सीमा क्षेत्रमा सरकारको उपस्थिति शून्य देखिएको छ। लामाबगरबाट सामान ल्याउन  वर्षाको समयमा सकिँदैन ठूला खोला र भीरको बाटो भएकाले हिँड्न कठिन छ, अब पनि नाका खोलेन भने भोकमरी लाग्छ ,उनले भने। लप्चीवासीलाई दूरीका हिसाबले पनि लामाबगर आउनु भन्दा चीनको फलाक र कुती पुग्न सजिलो छ। फलाक पुग्न तीन चार घण्टा लाग्छ भने लामाबगर पुग्न दुई दिन लाग्ने स्थानीयको भनाइ छ।

केही समय अगाडि चीनबाट आएका मानिसहरूले जिल्ला प्रशासन कार्यालयमा भन्नु अनि एमवेसीमा कुरा गरेपछि बाटो खोल्न मिल्छ भनेको सुनेकाले सदरमुकाम आएको थुन्डुप शेर्पाले बताए। 

'प्रमुख जिल्ला अधिकारीलाई निवेदन गरेका छौं अब नाका नखोलेसम्म हामी पहल गरी रहन्छौं, उनले भने। गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका निकायहरूमा पनि यो बुरा पुर्‍याउन राजधानी जाने तयारी रहेको थुण्डुपको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले लप्ची  पुगेर त्यहाँको अवलोकन गरिसकाले आफू लप्चीवासीको समस्यामा परिचित भएको र नाका खुलाउन पहल गरिरहेको  बताए। सीमा दुई देश बीचको अन्तर्राष्ट्रिय सम्बन्धको डिप्लोम्याट्रिक सम्बन्धको कुरा भएकाले पनि व्यक्तिगत रूपमा लप्चीवासीका समस्याको बारेमा आफूले गृह मन्त्रालयलाई जानकारी गराइसकेको उनको भनाइ छ । 

लप्ची क्षेत्रमा सञ्चार तथा विद्युतको व्यवस्था मिलाउन समेत पहल भइरहेको उनको भनाइ छ। लप्चीका थुन्डुप शेर्पासहितको ग्रुप शुक्रबार गृहमन्त्रीसँग भेटघाटको कार्य रहेको पनि उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.