एसीसी इमर्जिङ एसिया कप : नेपाल पराजित

एसीसी इमर्जिङ एसिया कप : नेपाल पराजित
सुन्नुहोस्

काठमाडौं : श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपालले पाकिस्तानको ‘ए’ टोलीलाई चार विकेटको नतिजा सुम्पिएका हो। 

कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपालले दिएको एक सय ८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो। पाकिस्तानलाई जित दिलाउन तैयव ताहिरले अर्धशतकीय पालि खेलेका थिए। 

उनले ६७ बलमा ६ चौकाको सहयोगमा ५१ रन बनाए। यस्तै ओमिर युसुफले ३६, कमरान गुलामले ३१, सैम अयुबले २४ र हसिबुल्लाह खानले १२ रन बनाए। नेपालका ललित राजवंशीले तीन विकेट लिए। यस्तै पवन सर्राफले दुई तथा  कुशल मल्लले एक विकेट हात पारे। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुँदै एक सय ७९ रनको योगफल खडा गरेको थियो। नेपालका सोमपाल कामीले अर्धशतकीय पालि खेलेका थिए। लामो समय क्रिजमा डटेका सोमपालले एक सय एक बलमा दुई छक्का र नौ चौकाको सहयोगमा ७५ रन बनाए। नवौं विकेटका लागि सोमपाल र प्रतिश जिसीले ७० बलमा ५८ रनको साझेदारी गरेका थिए। प्रतिशले २४ बलमा दुई छक्का र एक चौकाको मद्दतमा २६ रन बनाए। १५.४ ओभरमा ७२ रनमा आठ विकेट गुमाइसकेको नेपाललाई सोमपाल र प्रतिशले सम्मानजनक योगफलसम्म डो¥याएका थिए।

यस्तै १०औं विकेटका लागि सोमपाल र ललितनारायण राजवंशीले ५८ बलमा ४९ रनको साझेदारी गरेका थिए। ललित एक रनमा अविजित रहे। यस्तै अर्जुन साउद र कुशल मल्लले समान १७ रन बनाउँदा गुलन झाले १३ र आसिफ शेखले १२ रन बनाए। पाकिस्तानका सेहनवाज दहानीले पाँच विकेट लिए। यस्तै मोहमद वासिम जुनियरले चार तया मुबासिर खानले एक विकेट हात पारे। 

जितसँगै पाकिस्तान समूह ‘बी’को अंक तालिकाको दोस्रो शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार नै संयुक्त अरब इमिरेट्स (यूएई) पराजित गरेको भारतको ‘ए’ टोली शीर्ष स्थानमा छ। नेपाल तेस्रो र यूएई चौथो स्थानमा छन्। नेपालले सोमबार भारतको ‘ए’ टोलीसँग खेल्नेछ।  यस्तै समूह चरणको अन्तिम खेलमा बुधबार यूएईको सामना गर्नेछ। प्रतियोगितामा ६ टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.