अमेरिकाको जर्जियामा गोली हानी चार जनाको हत्या
![अमेरिकाको जर्जियामा गोली हानी चार जनाको हत्या](https://annapurnapost.prixacdn.net/media/albums/gun-shooting-597eae0f30b644.79168676_eZgt1S30Zi.jpg)
जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा तीन जना पुरुष र एक महिलाको हत्या भएको हो ।
वासिङटन डिसी : अमेरिकाको जर्जिया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा तीन जना पुरुष र एक महिलाको हत्या भएको हो ।
एकचालिस वर्षीय आक्रमणकारी आन्द्रे लङ्मोरको खोजी भइरहेको प्रहरीले जनाएको छ । निजका बारेमा जानकारी भएमा प्रहरीलाई सम्पर्क गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ ।
प्रहरीले सामाजिक सञ्जालमा जारी गरेको सूचनामा निजको नजिक जानुको सट्टा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)