गठबन्धन सरकारलाई स्थिर र स्थायित्व बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ : रमेश लेखक
काठमाडौं : नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनभित्र विश्वास सिर्जना गरेर निरन्तरता दिने जिम्मेवारी कांग्रेको भएको बताएका छन्। मंगलबार पार्टी कार्यालयमा जारी कांग्रेस कार्यसमिति बैठकमा बोल्दै नेता लेखकले विभिन्न राजनीतिक दलहरू मिलेर बनेको गठबन्धन सरकारलाई स्थिर र स्थायित्व बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए।
प्रमुख प्रतिपक्ष आक्रमण छ। एमाले परिपक्व छ तर उसमा धैर्यको कमी देखिन्छ। अरू प्रतिपक्षीहरू आक्रमक छन्। अधैर्य छन् । अपरिपक्व छन्,'उनले भने,'यसकारण कांग्रेसले सदनमा सबैभन्दा महत्वपूर्ण भूमिका निभाउनुपर्छ।'
उनले अन्य प्रतिपक्षीलाई संसदीय प्रक्रिया बुझ्न अझै समय लाग्ने बताए। सभाको प्रभावकारिता र सञ्चालनमा कांग्रेसको महत्वपूर्ण जिम्मेवारी रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !