युएई 'ए'विरुद्ध नेपाल तीन विकेटले विजयी

युएई 'ए'विरुद्ध नेपाल तीन विकेटले विजयी
सुन्नुहोस्

काठमाडौं : एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले (युएई) को ‘ए’लाई तीन विकेटले पराजित गरेको छ।

श्रीलंकाको कोलोम्बोस्थित पीसारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा युएईले दिएको एक सय ६८ रनको लक्ष्यलाई नेपालले २३ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ रनको योगदान दिए। उनले ४३ बलमा ९ चौका र चार छक्काको मद्दतमा ७१ रनको योगदान दिएका हुन्। 

त्यसैगरी देव खनाल र सन्दिप जोराले समान २४-२४ रनको योगदान दिए। गुल्सन झाले ११ रन जोडे। कप्तान रोहित पौडेलले ९ रन जोडे भने प्रतिश जिसिले अविजित ८ रन बनाए। कुशल मल्ल २ रनमा अविजित रहे। 

बलिङतर्फ युएइका मोहम्मद फाराजुदिन एक्लैले पाँच विकेट लिए भने मुहम्मद जवादुल्लाहले दुई विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो। युएईका लागि लभप्रित सिंहले ८२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए। 

त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए। बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले ६ विकेट लिए भने श्याम ढकालले २ विकेट झारे। कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए। यसखेलसँगै नेपाल र युएईको ‘ए’ टोली प्रतियोगिताबाट बाहिरिएको छ। 

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.