कांग्रेस बैठकमा प्रस्ताव : खाँण निर्दोष हुन् भने सरकारबाट बाहिरिऔं, नत्र निलम्बन गरौं

कांग्रेस बैठकमा प्रस्ताव : खाँण निर्दोष हुन् भने सरकारबाट बाहिरिऔं, नत्र निलम्बन गरौं
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनको विषयले प्रवेश पाएको छ। पार्टी मुख्यालय सानेपामा तीनदेखि जारी बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टीका केन्द्रीय सदस्य खाँणबारे पार्टीले भ्रमपूर्ण सन्देश फैलाएको आरोप लगाए। उनले खाँण गलत हुन् भने पार्टीको सदस्यबाट कारबाही गरिनुपर्ने र निर्दोष भए न्यायका लागि आह्वान गर्नुपर्ने बताए।

'हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई थुनामा पठाएको छ। सभापतिज्यू, तर यो प्रकरणमा हाम्रो द्विविधा अचम्मको छ। यदि उहाँलाई अन्याय भएको हो भने कांग्रेस सरकारबाट हट्नुपर्छ। होइन भने आफ्नै साथीहरू संलग्न भएको सरकारले थुनामा पुर्याउँदा पार्टीले कारबाही गर्नुपर्छ कि पर्दैन? यसमा कि थुनामा पठाउने सरकार दोषी छ कि थुनामा रहेका खाँण दाोषी छन्। यसबारे पार्टीले आफ्नो आधारण प्रष्ट पार्नुपर्छ। उनले भने,'यदि खाँण निर्दोष हुन् भन्ने पार्टीको निष्कर्ष हो भने सरकारबाट बाहिरिएर न्याय माग्न सक्नुपर्छ। नभए सुशासन हिमायति ठान्ने कांग्रेसले कुनै पनि भ्रष्टाचार काँध हाल्न सक्दैन।'

कांग्रेस आन्तरिक कलहमा अल्झिरहेको आरोप लागिरहेका बेला प्रत्यक्ष प्रशारणले  पार्टी  पारदर्शीता र जवाफदेहिता छ भन्ने कुरा प्रष्ट पारेको उनको भनाइ छ। उनले सभापति देउवाले पार्टी रुपान्तरण अभियानले तयार पारेको प्रतिवदेन नबुझेको भन्दै आक्रोश व्यक्त गरे। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.