सिन्धुलीगढी प्रहरी चौकी २८ वर्षपछि नयाँ भवनमा

सिन्धुलीगढी प्रहरी चौकी २८ वर्षपछि नयाँ भवनमा

सिन्धुली : तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा कब्जा गरिएपछि ध्वस्त भएको सिन्धुलीगढी प्रहरी चौकीले बल्ल नयाँ भवन पाएको छ। 

झण्डै २८ वर्षपछि सिन्धुलीगढी चौकीले नयाँ भवन पाएको हो। बागमती प्रदेश सरकारको करसहित २ करोड ४९ लाख १३ हजार ३ सय ४३ रुपैयाँ लागतमा नयाँ भवन निर्माण सम्पन्न गरिएको हो। 

गोलन्जोर गाउँपालिका-५ स्थित खनियाखर्कमा निर्माण गरिएको उक्त भवनको बिहीबार बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन गर्दै प्रहरीलाई हस्तान्तरण समेत गरेका छन्।

मन्त्री श्रेष्ठले बागमती प्रदेशको विभिन्न जिल्लामा ५ वटा प्रहरी भवन निर्माण भइरहेको र आर्थिक वर्ष २०८०/८१ मा २१ वटा प्रहरी चौकी भवन निर्माणका लागि ३० करोडभन्दा बढी बजेट विनियोजन गरेको बताए। 

प्रहरी भवन निर्माणका लागि बागमती प्रदेश सरकारले झण्डै १ अर्ब ११ करोड बराबर खर्च गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.