दोलखाबाट छुर्पी निर्यात

दोलखाबाट छुर्पी निर्यात
सुन्नुहोस्

दोलखा : निजी सार्वजनिक क्षेत्रको साझेदारीमा सञ्चालित दोलखा दुग्ध लिमिटेडले वार्षिक १ करोड ३७ लाख ३ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात गर्दै आएको छ। आर्थिक वर्ष २०७७/०७८ को भन्दा धेरै छुर्पी निर्यात गरेको छ। आव २०७७/०७८ मा ६ हजार १ सय केजी छुर्पी उत्पादन भएबापत ४७ लाख ८० हजार रुपैयाँको छुर्पी निर्यात गरेको थियो। आर्थिक वर्ष २०७८/०७९ मा १२ हजार ६ सय ५० केजी छुर्पी निर्यात गरेको हो।

भीमेश्वर नगरपालिका– ६ चोथाङस्थित दोलखा दुग्ध उद्योगको दैनिक १० हजार लिटर दूध प्रशोधन क्षमता रहेको भएता पनि हाल तीन हजार लिटर दूध प्रशोधन हुँदै आएको कार्यालय प्रशासन प्रमुख प्रदीप शिवाकोटीले बताए।

पहिलाको तुलनामा दूधको खपत अलि कम भए पनि उद्योगको उत्पादनले जिल्लामा राम्रो बजार पाइरहेको छ। तर नाफा भने कमाउन नसकेको साझेदारी संस्थाहरूको गुनासो छ।  ‘यो आर्थिक वर्ष व्यवस्थापनमा धेरै नै कसरत गरेका छौं उद्योग नाफामा जान्छ’, शिवाकोटीले भने।। छुर्पी, चिज, पनिर, घिउ, खुवा, दूध, दही, मोहीलगायतका परिकार उत्पादन गर्दै आएको डेरीले अन्य परिकारहरू बनेर बाँकी रहेको दूधबाट मात्रै छुर्पी बनाउने गरेको छ। यसबाट वार्षिक रूपमा १ करोड ३७ लाख ३ हजार रुपैयाँबराबरको छुर्पीबाट आम्दानी हुन्छ। उद्योगले दैनिक १८ सय लिटर दूध बिक्रीका लागि ३६ डिपोको व्यवस्था गरेको छ। किसानलाई प्रतिफ्याट ६ रुपैयाँ ७० पैसा र प्रति एसएनएफ ४ रुपैयाँ ३० पैसाको दरले दूधको मूल्य दिने गरेको छ। सबै संकलन केन्द्रमा रहेका ११ सय किसानलाई  वार्षिक करिब ५ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने जनाइएको छ।

जिल्लाको भीमेश्वर नगरपालिकामा बोच, मकैबारी, साखिने, सुष्मा, क्षमावती, तामाकोसी गाउँपालिकाको भीरकोट, जफे, हावा, च्यामा, जामुने, कालिञ्चोक गाउँपालिकाको सुनखानी, लापिलाङ, सैलुङको पस्कु, पवटी, भैंसे, काँटाकुटी गौरीशंकरको जुँगुबाट दूध संकलन गर्दै आएको उद्योगले 
जानकारी दिएको छ।

दोलखामा बनेको छुर्पी झापामा रहेको राँके डेरी र हेटौंडामा रहेको गायत्री डेरीमार्फत छिमेकी देश भारत, अमेरिका, जापान, जर्मन, क्यानडा, अस्टे«लिया निर्यात हुने गरेको छ। छुर्पीबाहेक कहिलेकाही घिउ पनि निर्यात हुने गरेको छ।

२०५६ सालमा स्थापना भएको उद्योगमा सार्वजनिक क्षेत्रको ५० प्रतिशत, डीडीसीको ५१ प्रतिशत, स्थानीय निकायको २० प्रतिशत, सहकारीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र सामुदायिक संघसंस्थाको ५ प्रतिशत गरी करिब २ करोड ५० लाख रुपैयाँ लगानी रहेको शिवाकोटलिे जनाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.