पार्टीलाई निर्णय गर्दा प्रक्रिया पूरा गरियोस्, नत्र गुनासोबाहेक केही हुन्न : नेता सिंह

पार्टीलाई निर्णय गर्दा प्रक्रिया पूरा गरियोस्, नत्र गुनासोबाहेक केही हुन्न : नेता सिंह
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधानअनुसार अगाडि बढाए कांग्रेसले आगामी दिनमा आउने चुनौती सामना गर्नसक्ने बताएका छन्। 

उनले कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै जनताको विश्वास जित्ने विषयमा पार्टीको ध्यान पुग्नुपर्ने बताए। पार्टीले निर्णय गर्दा प्रजातान्त्रिक प्रक्रिया पूरा गर्नुपर्ने भन्दै उनले त्यसो नगरि गुनासो बाँकी रहिरहने बताए। कांग्रेस बैठकले जनतालाई के दिने भन्नेबारे पनि बैठकले बोल्नुपर्ने उनको भनाइ थियो। 

‘पार्टी विधान नियमअनुसार चल्नुपर्छ भन्ने कुरा आएको छ। यो त मैले १०औं महाधिवेशनदेखि भन्दै आएको छु। कार्यकतालाई चित्तबुझ्ने ठाउँमा पुर्‍याउने हो भने पार्टी विधानअनुसार चलाउनुपर्छ,' उनले भने, ‘राम्रो पर्फमेन्स गर्ने, जनता र कार्यकर्तालाई चित्त बुझ्ने अवस्थामा पुर्‍याउने हो भने पार्टीलाई विधानअनुसार चलाउनुपर्छ,' उनले भने।  उनले पार्टीमा समस्या भयो भनेर मात्र नहुने भन्दै अब विधानले निर्देशित गरेका सबै काम गरेर अघि बढे समस्या समाधान हुने पनि बताए। 

२०४६ अगाडि र पछाडिको पुस्तामा फरक रहेको पनि उनले बताए। ०४६ पछि जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मान्यता हाबी हुँदा मूल्य मान्यताको राजनीति कमजोर बनेको सिंहको भनाइ थियो। 

उनले स्थानीय तह, प्रदेश र संघमा पार्टीबाट निर्वाचितहरूबाट संगठनमा के भयो भन्दै प्रश्न पनि गरे। चुनावमा जाँदा बनाएको घोषणापत्रअनुसार काम नभएकोतर्फ पनि सिंहले ध्यानाकर्षण गराए। पार्टीबाट बनेका जनप्रतिनिधि र पार्टी संरचनाबीचको समन्वयमा पनि उनले जोड दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.