घनश्याम भुसालले गृहमन्त्रीलाई भने-नक्कली शरणार्थी र ललिता निवास प्रकरणमा संलग्नलाई निर्मम कारवाही गर्नुहोस्

घनश्याम भुसालले गृहमन्त्रीलाई भने-नक्कली शरणार्थी र ललिता निवास प्रकरणमा संलग्नलाई निर्मम कारवाही गर्नुहोस्

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई निर्मम कारवाही हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव भुसालले भ्रष्टाचारमा अहिले मुछिएकाहरूलाई निर्मम तरिकाले कारवाही गर्न जोड दिएका हुन् ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सामुन्ने नै भुसालले भने,'दोषीमाथि निर्मम तरिकाले कारवाही गर्नुहोस् कामरेड । ' महासचिव भुसालले भने प्रत्येक पार्टीले भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।  

भ्रष्टाचार नियन्त्रण गर्न एकजना व्यक्तिको पहलले मात्र संभव नहुने भुसालको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.