भैरहवा पुगेर अर्थमन्त्रीले भने- भन्सारमा गरिएको कडाईमा व्यवहारिक पक्ष हेरिनेछ

भैरहवा पुगेर अर्थमन्त्रीले भने- भन्सारमा गरिएको कडाईमा व्यवहारिक पक्ष हेरिनेछ
सुन्नुहोस्

भैरहवा : अर्थमन्त्री प्रकाश शरण महतले सीमापारीबाट एक सय रूपैयाँभन्दा बढीको सामग्री खरिदमा भन्सारले गरेको कडाईमा व्यवहारिक पक्ष हेरिने बताएका छन्।

सीमापारी भारतीय बजारबाट एक सय रूपैयाँभन्दा बढीको समान खरिद गरेर फर्किने यात्रुलाई भन्सार कार्यालयले कडाई गरेर राजस्व असुली गरेपछि अर्थमन्त्रीले यसका लागि व्यवहारिक पक्ष हेरिने बताएका हुन्।

सीमापारीबाट अवैधरूपमा तस्करी यथावत रहेको र सर्वसाधारणप्रति भन्सारले व्यवहारिक पक्ष नहेर्दा सर्वसाधारणलाई सास्ती भइरहेको भन्दै अर्थमन्त्रीसम्म मुलुकका विभिन्न क्षेत्रबाट गुनासो पुगेको थियो।

'कसैलाई नियमको बारेमा थाहा नहोला र कोही पहिलो पटक सीमापारीबाट थोरै साम्रगी खरिद गरेर आउनेहरूप्रति व्यवहारिक पक्ष हेरिने छ,' सिद्धार्थ उधोग वाणिज्य संघद्वारा आयोजित भेटघाट कार्यक्रममा उनले भने, 'तर नियम विपरीतका अवैध कार्यमा (तस्करी) व्यवहारिक पक्ष हेर्ने कुरा हुँदैन, यसमा कडाई रहन्छ।'

समयमै ठेक्का नलाग्दा पुँजीगत खर्च हुन नसकेकाले अब विगतदेखि चलाइएको परिपाटीलाई परिवर्तन गरी कात्तिकभित्र ठेक्का लगनउनु पर्ने नियम लागू भएपछि पुँजीगत खर्चमा वृद्धि हुनेमा उनले विश्वास व्यक्त गरे। रकम भुक्तानी हुन नसकेको विषयमा पनि उनले थपे- 'हामी पहिला निर्णय गर्छौं। त्यसपछि सोच्ने मानसिकता छ, स्रोत सुनिश्चितता नगरी ठेक्का लगाउँदा पनि समस्या भएको हो।' 

भैरहवस्थित गौतमबुद्घ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहलहरू भइरहेको उनले बताए। सिद्धार्थ उधोग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न, सीमाबाट भारतीय पर्यटकको आगमनमा सहजता ल्याउन, सीमाबाट तस्करी नियन्त्रण गर्न, व्यवसायीमाथि लगाइएको करमा सहजीकरण लगायतको माग गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.