बूढीगण्डकीको ९ अर्ब खै?
भ्रष्टाचार गरेर अलपत्र पारेको भनिएको छ। २०६९ मंसिरमा भट्टराई नेतृत्वको सरकारले बूढीगण्डकी आयोजना अघि बढाउने निर्णय गरेको थियो। भट्टराईले बूढीगण्डकी आयोजना बिना प्रतिस्पर्धा चीनको गेजुवा गु्रप अफ कम्पनीलाई दिनुमा भ्रष्टाचार र कमिसनको खेल भएको बताएका थिए।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनामा प्रमुख दलका नेताहरूले ९ अर्ब रुपैयाँ मिलेर खाएको आरोप लगाएका छन्। उनले तोकेर नै केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बाँडेर खाएको आरोप लगाएका हुन्।
भ्रष्टाचार गरेर अलपत्र पारेको भनिएको छ। २०६९ मंसिरमा भट्टराई नेतृत्वको सरकारले बूढीगण्डकी आयोजना अघि बढाउने निर्णय गरेको थियो। भट्टराईले बूढीगण्डकी आयोजना बिना प्रतिस्पर्धा चीनको गेजुवा गु्रप अफ कम्पनीलाई दिनुमा भ्रष्टाचार र कमिसनको खेल भएको बताएका थिए।
सरकारले २०७४ जेठमा गेजुवालाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (ईपीसीएफ) मोडलमा निर्माण गर्ने गरी कम्पनीलाई जिम्मा दिएको थियो। यस्तो आरोप लगाएका भट्टराईले २०७९ मा दिएको अभिव्यक्तिको आफैंले खण्डन गरेका थिए।
प्रतिक्रिया दिनुहोस !