मोटरसाइकल दुर्घटनामा इन्स्पेक्टर शाहको निधन

मोटरसाइकल दुर्घटनामा इन्स्पेक्टर शाहको निधन
सुन्नुहोस्

मलङ्वा : राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षक बसन्त साहको मोटरसाइकल दुर्घटनामा परेर निधन भएको छ । सर्लाहीको इश्वरपुर नगरपालिका-९  खोरिया टोलमा मंगलबार राती मोटरसाइकल दुर्घटना हुँदा उनको निधन भएको हो।

मलङ्वामा रहेको कार्यालयबाट राती  ईश्वरपुर नगरपालिका- ६ मा रहेको घरतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेर २९ वर्षीय साहको निधन भएको प्रहरी उपरीक्षक नरेशराज सुबेदीले जानकारी दिए।

बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकलमा घर जाँदै गरेका निरीक्षक साह दुर्घटनामा परेको प्रहरी उपरीक्षक सुबेदीले बताए।

फूलजोर- त्रिभुवननगर सडकखण्ड अन्तरगतको पुलमुनी दुर्घटनामा परेर मृत अवस्थामा साह भेटिएको प्रहरीले जनाएको छ । पुलमुनीको खाल्डोमा तल शरिर र माथिबाट मोटरसाइकलले थिचिएको अवस्थामा साहको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुबेदीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.