विराटनगरमा पैनीमा लडिरहेको अवस्थामा भेटिएका पुरुषको मृत्यु, पहिचान खुलेन

विराटनगरमा पैनीमा लडिरहेको अवस्थामा भेटिएका पुरुषको मृत्यु, पहिचान खुलेन
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : विराटनगरमा पैनीमा घोप्टो परेर लडिरहेको अवस्थामा भेटिएका एकजना पुरुषको बुधबार राति मृत्यु भएको छ। मृतक अन्दाजी ३१ वर्षीय पुरुषको पहिचान खुलेको छैन। 

उनी विराटनगर महानगरपालिका–१४ स्थित कच्ची सडकनजिकको पैनीमा हेल्मेट लगाएर ढलिरहेको अवस्थामा राति ९ बजेतिर भेटिएका थिए। उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरको कोसी अस्पताल लगेको थियो। 

उपचारकै क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। दाहालका अनुसार टाउकोमा हेल्मेट लगाएको र घोप्टो परेको अचेत अवस्थामा पैनीमा फेला परेका पुरुषलाई उद्धार गरेर उपचारका लागि लगिएको थियो। 

घटनास्थलनजिकै सडकमा बा ६८ प ३११४ नम्बरको मोटरसाइकल पनि फेला परेको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय रानीमा लगेर राखिएको छ। घटनास्थलनजिकै सडकमा मोटरसाइकल लडिरहेको अवस्थामा भेटिएको थियो दाहालले बताए। उनका अनुसार मोटरसाइकल दुर्घटना हुँदा चालक हेल्मेटसहित घोप्टो परी लडेको र पैनीबाट उठ्न नसकेको हुनसक्ने अनुमान गरिएको छ। 

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान सुरु गरेर मृतकको पहिचानको प्रयास भइरहेको प्रहरीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.