कारागारमा ‘कामचलाउ’ डाक्टर

कारागारमा ‘कामचलाउ’ डाक्टर
फाइल तस्बिर।

१००० बढी कैदीबन्दी परिरहन्छन् बिरामी,  बिरामी परे ३० किलोमिटर टाढा सदरमुकाम लगेर उपचार गर्नुपर्ने बाध्यता।

हेटौंडा : मकवानपुरको भीमफेदीस्थित भीमफेदी कारागारमा १ हजार ७४ कैदीबन्दी छन्। उनीहरू बिरामी परिरन्छन्। अझै यो समस्या जाडोमा भन्दा गर्मीमा बढी हुन्छ। तर, उनीहरूले समयमा उपचार पाउँदैनन्। स्वास्थ्यमा समस्या आएर परीक्षण वा उपचार गर्नुपरे ३० किलोमिटर टाढा सदरमुकाम लगेर उपचार गराउनुपर्ने बाध्यता छ। तर, यसको विकल्पमा दुई कैदीबन्दीबाटै कारागारभित्र सामान्य उपचार र स्वास्थ्य परीक्षण गराइन्छ। ‘कामचलाउ’ डाक्टर चयन गरिएको छ। 

स्वास्थ्यकर्मीको अभाव हुँदा कारागारमा सजाय भोग गरिरहेका दुई जना बन्दीले नै अन्य कैदीबन्दीहरूको स्वास्थ्य चेकजाँच गर्ने गरेका छन्। उनीहरू हुन्, कसिन्द्र यादव र नवराज पाण्डे। दुईजना बन्दीमध्ये यादव अनमी र पाण्डे हेल्थ असिस्टेन्ट हुन्। उनीहरू विभिन्न मुद्दामा कारागार चलान भएका थिए। त्यसैले यहाँ पनि उनीहरूको योग्यतालाई प्रयोग गरिएको कारागार प्रमुख तीर्थराज पौडेल बताउँछन्।

करिब १९ रापनी क्षेत्रफलमा फैलिएको कारागारमा ३ वटा ब्लक छन्। तीमध्ये दुइटा ब्लकमा पुरुष र एउटामा महिला कैन्दीबन्दी राखिएको छ। कारागारमा आवश्यक स्वस्थ्यकर्मी नहुँदा नेपाल स्वास्थ्य समाज संस्थाको सहयोगमा रविना तामाङलाई त्यहाँको स्वास्थ्य हेर्ने जिम्मेवारी दिएको छ। ‘कारागारमा रहेका दुई कैदीले अन्य कैदीबन्दीको स्वास्थ्य जाँच गरिरहेका हुन्। कारागारमा दुईजना स्वास्थ्यकर्मीको दरबन्दी भए पनी हालसम्म पदपूर्ति हुन सकेको छैन,’ प्रमुख पौडेलले भने, ‘कारागारभित्रको आन्तरिक प्रशासनमा खानेपानी, सरसफाइ, भान्सालगायतका विभाग छन्, जसमध्ये स्वास्थ्यको जिम्मेवारीमा उहाँहरूले काम गरिरहनु भएको छ।’

कारागार गृह मन्त्रालयअन्तर्गत पर्ने तर, स्वास्थ्यकर्मी स्वास्थ मन्त्रालयले पठाउनुपर्ने भएकाले स्वास्थ्यकर्मीहरूको रोजाइमा कारागार नपर्दा पनि दरबन्दी खाली रहेको प्रमुख पौडेलको भनाइ छ। धेरैपटक सम्बन्धित मन्त्रालय र विभिन्न सरकारी विभागहरूमा समस्या समाधानको निम्ति पत्राचार भए पनि कर्मचारीको पदपूर्ति हुन नसकेको पौडेलले गुनासो पोखे। ‘अहिले लोकसेवा आयोगमा माग फार्म भरेर कर्मचारीको पदपूर्तिका लागि पठाएका छौं। केही समयमा त्यसको समाधान हुने अपेक्षा छ’, उनले भने। 

कारागारको क्षेत्रफल ठूलो र राम्रो हावापानी भए पनि कारागारभित्रबाट निस्कने ढल व्यवस्थापन हुन सकेका छैन। कारागारबाट निस्कने फोहोर सीधै खोलामा जाने गरेको छ। गत वर्ष प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले कारागारको अनुगमन गरेका थिए। त्यसलगत्तै कारागारबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न बैकल्पिक ऊर्जा (बायो ग्यास) प्लान्ट स्थापनाका लागि प्रदेश सरकारले यसपटक ३० लाख विनियोजन गरेको कारागारका प्रमुख पौडेलले बताए। 

यहाँको मुख्य समस्या फोहोर व्यवस्थापन, यातायात र स्वास्थ्य सेवा छ। कारागारभित्रको आन्तरिक व्यवस्थापन र सुरक्षामा पनि बेला–बेला समस्या आउने गरेको छ। भीमफेदी कारागारको क्षमता १५ सय जना रहेको छ। हाल कारागारमा रहेका १ हजार ७४ जनामध्ये करिब तीन सय जना लागुऔषध मुद्दा, जबरजस्ती करणी मुद्दाका करिब १ सय, कर्तव्य ज्यान मुद्दाका एक सय र बैंकिङ कसुर, बन, बहुविवाहलगायतको अन्य कसुरका कैदीबन्दीहरू छन्। तीमध्ये महिला कैदीबन्दी २९ जना छन्। 

कारखाना बन्दै कारागार 

भीमफेदी कारागारमा रहेका रहेका कैदीबन्दहरू आयआर्जनको काममा समेत व्यस्त देखिन्छन्। कारागारमा सजाय भोग गरिरहेका कैदीबन्दीहरू पोते बनाउने, बत्ती बनाउने, बाँसबाट बन्ने मुढा बनाउने काम गर्छन्। उनीहरूले बनाएको सामग्री स्थानीय बजारदेखि छिमेकी देश चीनसम्म निर्यात हुने गरेको छ। 

यहाँ कैदीबन्दीहरू कोही कार्पेट बुनिरहेका छन्, कोही मुढा बनाइरहेका देखिन्छन्। बिहानदेखि बेलुकासम्म कैदीबन्दीहरू काममै व्यस्त हुन्छन्। मकवानपुरको मनहरी–३ का रमेश तामाङ (नाम परिवर्तन) कार्पेट बनाउने काम गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.