आज काठमाडौंसहित देशका पहाडी भागमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
आज बिहानैदेखि कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौं : मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले आज काठमाडौंसहित देशका धेरैजसो पहाडी भागमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहानैदेखि कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज राती बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी र लुम्बिनी प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।
शनिबार र आइतबार पनि नेपालमा मनसुन सक्रिय हुने भएकोले कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
वर्षाको कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !