जान थाल्यो बझाङमा नुन

जान थाल्यो बझाङमा नुन
सुन्नुहोस्

धनगढी/बझाङ : साल्ट ट्रेडिङ कर्पोरेसनले बझाङमा नुन पठाउन थालेको छ। साल्ट्र ट्रेडिङले ढुवानीको ठेक्का सम्झौता नहुँदै अमानतमा ४ सय क्विन्टल नुन बझाङ पठाएको हो। ‘नुनको अभाव हुने देखियो त्यसैले हामीले ४ सय क्विन्टल नुन बझाङ पठाइसकेका छौं। अब त्यहाँ अभाव हँुदैन’, साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय धनगढीका निमित्त प्रमुख तेजबहादुर कुँवरले भने।

चालु आर्थिक वर्षका लागि बझाङमा नुन ढुवानीको ठेक्का एसटीके-भवानी निर्माण एन्ड सप्लायर्सले पाएको थियो। तर, त्यससँग अझै ठेक्का सम्झौता भने भएको छैन। ‘अरूभन्दा न्यून दररेटमा यस कम्पनीले टेन्डर हालेको छ। छनोटमा परेको तर सम्झौता भने भएको छैन। ढुवानी भाडापछि मिलाउने गरी ४ सय क्विन्टल नुन त्यसै कम्पनीमार्फत पठाइएको छ’, निमित्त प्रमुख कुँवरले भने।

जिल्ला सदरमुकाम चैनपुरमा साल्ट ट्रेडिङको डिपो कार्यालय छ। त्यहाँ गत आर्थिक वर्ष सरकारले पठाउने अनुदानको नुनको कोटा ३७ सय क्विन्टल हो। तर, असारसम्म त्यहाँ २६ सय क्विन्टल मात्रै नुन पुगेको थियो। बाँकी नुनको कोटा ढुवानीमा भ्याट लागेकाले काटिएको हो। 

चैनपुरबाहेक बझाङमा, केदारस्युँ गाउँपालिकाको बागथला, तलकोट गाउँपालिकाको तलकोट र साइपाल गाउँपालिकाको काँडामा साल्ट ट्रेडिङका डिपो कार्यालयहरू छन्। आर्थिक वर्ष २०७९÷८० मा  बागथलाका लागि १ हजार क्विन्टल, तलकोटका लागि पनि १ हजार क्विन्टल र साईपालको काँडाका लागि ७ सय क्विन्टल अनुदानको नुनको कोटा तोकिएको थियो। यी तीनवटै बिक्री केन्द्रको अनुदानको नुन चैतमै सकिएको छ। घरनजिक रहेका बिक्री केन्द्रको नुन चैतमै सकिएपछि जिल्ला सदरमुकामको डिपोमा उपभोक्ताको भीड लागेको थियो।

धनगढीबाट नुन गएसँगै प्रशासनले उपभोक्तालाई दिने मात्रा पनि दोब्बर पारेको छ। असारको महिनादेखि साताको एक दिन आइतबार एक जनालाई ५ किलो नुन दिने गरिएकोमा अबको आइतबारदेखि भने एक जनालाई १० किलो नुन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए।

‘बझाङमा नुनको मौज्दात घटेको थियो, बर्खामा ढुवानी हुन सकेन भने समस्या हुन्छ भनेर उपभोक्तालाई ५ किलो मात्र दिने निर्णय गरिएको हो, अब नुन ढुवानी सुरु भइसकेको छ। हामीले त्यसलाई दोब्बर पारेर १० किलो गरेका छौं। अर्को सातादेखि हामीले सातामा ६ दिन नै बिक्री गर्ने निर्णय गर्छौं’, बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले भने।

चैनपुरमा रहेको डिपो कार्यालयले पनि जेठसम्म साताको ६ दिन प्रतिव्यक्ति ११ किलो नुन दिँदै आएको थियो। तर, असारदेखि जिल्ला प्रशासन र साल्ट ट्रेडिङले नुन सकिन थाल्यो भनेर साताको आइतबार मात्रै बिक्री गर्ने र त्यो पनि ११ किलोबाट घटाएर एक जनालाई ५ किलो मात्र दिने निर्णय गरेपछि टाढाका उपभोक्ता मारमा परेका हुन्। प्रशासनको यस निर्णयको बझाङमा विरोध भएपछि साल्ट टे«डिङले ठेक्का सम्झौता नहुँदै नुन पठाएको हो। बागथला बिक्री केन्द्रबाट केदारस्यु गाउँपालिका, बित्थडचीर गाउँपालिका, थलारा गाउँपालिका र बुँगल नगरपालिकाका उपभोक्ताले नुन किन्दै आएका थिए। यस्तै तलकोटमा रहेको बिक्री केन्द्र तलकोट गाउँपालिका, मष्टा र साइपाल गाउँपालिकाका लागि पायक पथ्र्यो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.