कांग्रेसलाई सुदृढ बनाउन प्रशिक्षणमा जोड दिनुपर्छ : प्रकाशमान सिंह
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौं महानगर सम्मेलनको उदघाटन गर्दै सिंहले पार्टी जीवनमा कार्यकर्ताले परिवर्तनको अनुभूति गर्ने गरी प्रशिक्षणलगायतका बनाएर अगाडि बढ्नुपर्ने बताएका हुन्।
सिंहले नयाँ ऊर्जाका साथ फिल्डमा खटिन नेता-कार्यकर्तालाई अपिल गरे । हालैको केन्द्रीय समिति बैठकका निर्णय अनुसार कांग्रेसले जनतासँग प्रत्यक्ष जोड्ने खालको कार्यक्रम ल्याउने उनले जानकारी दिए। उनले छिट्टै सर्कुलर आउने र त्यसमामा उल्लेख भएका नीति तथा कार्यक्रमलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सबैलाई आग्रह गरे।
स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र र स्थानीय पार्टी कमिटीबीच सहकार्य हुनुपर्नेमा जोड दिँदै उनले पार्टी बलियो भएमात्र आगामी चुनौति सामना गर्न सकिने तर्क गरे। उनले हिजो गुमेको अधिकार ल्याउन संघर्षरत रहेको पार्टी खुल्ला राजनीतिमा आएपछि आन्तरिक अनुशासनको अभावमा केही समस्या देखिए पनि सबैले आफ्नो महत्व र जिम्मेवारी ख्याल गरेर अघि बढ्नुपर्ने धारणा राखे।
सिंहले निर्वाचनको समयमा क्रियासिल सदस्यको महत्त्व ध्यान नदिँदा नतिजा चाहेजस्तो नदेखिकाले सोच्नुपर्ने बेला आएको बताए।
प्रतिक्रिया दिनुहोस !