अमानवीय घटनामा संलग्न भेटुवाल धरौटीमा छुटे

अमानवीय घटनामा संलग्न भेटुवाल धरौटीमा छुटे

विराटनगर : विराटनगर महानगरपालिका–४ दूध फारम चोकमा साइकल यात्रीमाथि भएको अमानवीय घटनामा संलग्नलाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्न आदेश दिएको छ। 

न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले विराटनगर–४ का १९ वर्षीय आयुष भेटुवाललाई धरौटीमा छाड्न सोमबार आदेश दिएको हो। धरौटीवापतको १ लाख रुपैयाँ तिरेर भेटुवाल रिहा भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। 

उनका अनुसार मुद्दामा प्रतिवादी बनाइएका १७ बर्से किशोरलाई पक्राउ गर्नका लागि अदालतबाट ३५ दिने म्याद जारी हुने छ। वादी नेपाल सरकार र प्रतिवादीबीचका कानुन व्यवसायीको थुनछेक बहस सकिएसँगै भेटुवालविरुद्ध दायर भएको ज्यान मार्ने उद्योग मुद्दामा अदालतले आदेश दिएको हो। 

घटनामा संलग्न भनिएका तेह्रथुमको फेदाप गाउँपालिका–४ का ३० वर्षीय रोशन कार्कीविरुद्ध मुद्दा नचल्ने निर्णय सरकारी वकिलको कार्यालयबाट भएको छ। घटनापछि असार २१ गते बिहान भेटुवाल पक्राउ परे। कार्की र १७ बर्से किशोर फरार थिए। 

साइकलमा हिँडिरहेका विराटनगर–६ का २७ वर्षीय पवनकुमार साह हलुवाईको अनुहारमा भेटुवालले गत असार २० गते राति ८ बजे मुक्का प्रहार गरेका थिए। 

गलत दिशाबाट साइकल कुदाएको भन्दै बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटुवालले दौडिएर आउँदै मुक्का प्रहार गरेपछि साह सडकमै ढलेका थिए। त्यसपछि साह बेहोस भए। 

घोप्टो परिरहेको रक्ताम्य अवस्थामा अमानवीय शैलीमा दुवै खुट्टा समातेर घिसार्दै उनलाई सडकको किनारमा छाडेर भेटुवाल हिँडेका थिए। लडिरहेको साहको साइकल १७ वर्षीय किशोरले सडकको छेउमा ल्याएर फ्यालिदिएका हुन्। 

कारका चालक कार्कीले प्रत्यक्ष हेरिरहे पनि घटना हुन नदिन तथा घाइतेलाई उपचारका लागि लैजान कुनै भूमिका खेलेनन्। घटनाका मतियार उनीविरुद्ध भने मुद्दा नचल्ने निर्णय गरिएको हो। १७ वर्षीय किशोरविरुद्ध भने ज्यान मार्ने उद्योग मुद्दाको मतियारका रूपमा मुद्दा दर्ता भएको छ। 

घटनाको अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै आइतबार अभियुक्तविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो। गलत दिशाबाट साइकलमा आइरहेका साहले अपशब्दसहित गाली गरेपछि आवेशमा आएर आफूले मुक्का प्रहार गरेको भेटुवालले स्वीकार गरेका छन्। 

मुक्का प्रहारबाट साह ढलेपछि मरेको ठानेर किनारमा उनलाई छाडेर आफूहरु भागेको बयान अनुसन्धानका क्रममा भेटुवालले दिएका छन्। उनीविरुद्धको ज्यान मार्ने उद्योग मुद्दामा मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (२) बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको मागदाबी लिनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो। 

घटनासँग सम्बन्धित सीसी क्यामेरा फुटेज नै बाहिरिएको छ। फुटेजमा साहमाथि अमानवीय व्यवहार भएको प्रष्टसँग देख्न सकिन्छ। घटनास्थलमा रगत लतपतिएको र उनको अनुहारको भाग सडकमा मज्जाले रगडिएको दृष्य सीसी क्यामेरामा कैद भएको थियो। घटनास्थलबाट उद्धार गरेर उपचारका लागि लैजाँदै प्रहरीले साहलाई बचाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.