मन्दिर अगाडि नेताको शालिक बनाएको विरोधमा प्रदर्शन

मन्दिर अगाडि नेताको शालिक बनाएको विरोधमा प्रदर्शन

जनकपुरधाम : मन्दिर अगाडि नेताको शालिक बनाएको विरोधमा स्थानीय युवाहरूले महोत्तरी सदरमुकाम जलेश्वरमा प्रदर्शन गरेका छन्। 

जलेश्वर नगरपालिका-५ चौरिया गाउँमा रहेको हनुमान मन्दिरको अघि नेताको शालिक बनाइएको विरोधमा युवाहरूले प्रदर्शन गरेका हुन्। 

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को ६५ लाख रुपैयाँ लागतमा  हनुमान मन्दिरको प्राङ्गणमा स्वर्गीय नेता गणेश नेपालीको शालिक तथा पार्क निर्माण गरेको भन्दै युवाहरू विरोधमा उत्रिएका हुन्। 

मन्दिरभित्र हनुमान भगवानको ठीक पहिले नेता नेपालीको शालिक बनाएर भगवानलाई ओझेलमा पारेको र नेतालाई भगवान भन्दा ठूलो बनाएको भन्दै स्थानीय युवाहरूले जलेश्वरमा प्रदर्शन गरेका हुन्।

स्व. नेता गणेश नेपालीका छोरा नेपाली कांग्रेसका नेता बजरंग नेपालीले मधेस प्रदेश सरकारबाट आफ्नो पहुँचका आधारमा बजेट ल्याएर मन्दिर छेउमा शालिक निर्माण गरेर सांस्कृतिक अपराध गर्नुका साथै बजेटको दुरुपयोग गरेर लाखौ अनियमितता समेत गरेको आरोप लगाउँदै युवाहरूले महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन्। 

शालिक र पार्क निर्माण सम्पन्न भएको देखाएर ठूलो आर्थिक अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन्। हनुमान मन्दिरमा पूजा अर्चना गर्न जाने जो कोहीलाई पनि भगवानभन्दा पहिले स्व.नेता गणेश नेपालीको शालिकको दर्शन गर्नुपर्ने अवस्था सिर्जना गरेर बजरंग नेपालीले नियतवस हिन्दू धर्ममाथि खेलबाड गरेको ज्ञापनपत्रमा उल्लेख छ। 

‘मन्दिरभित्र शालिक निर्माण गर्न पाइँदैन, भ्रष्टाचार बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर, भगवानको मूर्ति अगाडि नेताको शालिक राख्न पाइँदैन, बजरंग नेपाली मुर्दावाद’ लगायतका नाराहरू लगाउँदै स्थानीयहरूले जलेश्वर नगर परिक्रमा गरेका थिए। 

प्रदर्शनकारीहरूले मन्दिर प्राङ्गणबाट नेताको शालिक तुरुन्त हटाइनुपर्ने, योजनामा २५/३० लाख खर्च भएकोलाई ६५ लाख खर्च देखाएर गरिएको भ्रष्टाचारलाई सरोकारवाला निकायहरूले स्थलगत अनुगमन निरीक्षण गरेर अनियमितता भएको रकममा बाँकी सरह असुल उपर गर्नुपर्ने र दोषी देखिएकाहरूलाई हदैसम्मको कारबाही गरिनुपर्ने माग गरेका छन्। 

उनीहरूले जिल्ला प्रहरी कार्यालय महोत्तरी र जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारलाई समेत ज्ञापनपत्र बुझाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.