विद्यालयमा चकचक गरेको भन्दै शिक्षकले कुटे छ वर्षीय बालक

विद्यालयमा चकचक गरेको भन्दै शिक्षकले कुटे छ वर्षीय बालक
सुन्नुहोस्

शिक्षकको कुटाइबाट बालकको पिठ्यू, हात तथा घाँटीमा चोट लागेको छ । मिथिला नगरपालिका ढल्केबर बजार स्थायी घर भइ न्यू होराइजन इङ्गलिस बोर्डिङ स्कुल कक्षा १ मा पढ्दै गरेका सुजल कुशवाहालाई शिक्षकले निर्घात कुटपिट गरेका हुन्।

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका स्थित न्यू होराइजन इङ्गलिस बोर्डिङ स्कुलमा एक छ वर्षीय बालक निर्घात कुटिएका छन् । धनुषाको मिथिला नगरपालिका बेङ्गाडाबर स्थित स्कुलमा बालकले चकचक गरेको भन्दै स्कुलका शिक्षकले मरनासन्न हुने गरी कुटपिट गरेका हुन्।

शिक्षकको कुटाइबाट बालकको पिठ्यू, हात तथा घाँटीमा चोट लागेको छ । मिथिला नगरपालिका ढल्केबर बजार स्थायी घर भइ न्यू होराइजन इङ्गलिस बोर्डिङ स्कुल कक्षा १ मा पढ्दै गरेका सुजल कुशवाहालाई शिक्षकले निर्घात कुटपिट गरेका हुन्।

सोमबार बिहान करिब ९ बजेको समयमा स्कुलमा बच्चाहरुले चकचक गरेको भन्दै शिक्षक मोहन महतोले निर्घात कुटेका अभिभावक ओम विक्रम कुशवाहाले अन्नपूर्णलाई जानकारी दिए । बालकलाई उद्धृत गर्दै अभिभावक ओमविक्रम कुशवाहाले भने, ‘अझै चकचक गर्छस्, किन चकचक गरेको, अझै बदमासी गर्छस् । बदमासी गरिस् भने यसरी नै पिटाई खान्छस् भन्दै शिक्षक मोहन महतोले लाठीले हिर्काएका हुन्।'

यसरी कलिला बालबालिकालाई हिर्काउनु शैक्षिक मर्यार्दा विपरित भएको कुशवाहाको भनाइ छ। 

‘यसरी साना अबोध बालकलाई यसरी मरणासन्न हुने गरी कुट्ने हो । यति साना बच्चालाई यसरी कुट्यो भने अर्को दिन स्कुल कसरी पठाउनु’,कुशवाहाले ६ वर्षीय अवोध बालक कुट्नेलाई कारवाही माग गर्दै भने, ‘स्कुलमा बच्चाले कचकच गर्यो भन्दै कुट्न पाइन्छ? स्कुलमा हामी बच्चालाई केही सिक्न पठाउँछौं अनि हाम्रो बच्चलाई यसरी पिटेर पठाउने कहाँको न्याय हो ?’

न्यू होराईजन ईङ्गलिस बोर्डिङ स्कुल मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकी हो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.