खै ‘डिजिटल डिप्लोमेसी’ ?

खै ‘डिजिटल डिप्लोमेसी’ ?
सांकेतिक तस्बिर।

  • अमेरिकी राष्ट्रपति बाराक ओबामा डेढ दशक (सन् २००९ हाराहारी) अघि नै ट्विटर खाता खोल्ने पहिलो राजनीतिक नेता मानिन्छन्।
  • सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्विटरमा सर्वाधिक फलोअर्स भएका विश्वका लोकप्रिय नेता बनेका थिए। त्यसबेला उनका ‘फलोअर्स’ ५ करोड २० लाख (५२ मिलियन) थिए।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि ट्विटरमा ‘लार्जेस्ट फलोअर्स’ का रूपमा एसियाका नेता बनेका थिए। त्यसबेला अर्थात् सन् २०१९ मा ४ करोड २० लाख (४२ मिलियन) रहेका उनका फलोअर्स यतिबेला ९ करोड ६ लाख छन्।
  • एक तथ्यांकले सन् २०१९ मै १ सय ७९ सरकार प्रमुख र विदेश मन्त्रीहरूको ट्विटर एकाउन्ट रहेको सार्वजनिक गरेको थियो। सन् २०२३ मा विश्वमा ३९ करोड ६५ लाख नागरिकले ट्विटर चलाउँछन्।
  • सन् २०२२ को अप्रिलदेखि २०२३ को अप्रिलसम्मको एक वर्षमा मात्रै विश्वमा १५ करोड सोसल मिडिया युजर्स बढेको तथ्यांक छ। यो अनुपातले सामाजिक सञ्जाल प्रयोगकर्ताको ‘फ्लो’ सर्वत्र गुणात्मक रूपमा बढेको अनुमान सहजै गर्न सकिन्छ।
  • सन् २०१९ मा विश्वमा दुई अर्ब ७० करोड (२.७ बिलियन) मानिस ‘सोसल मिडिया’ प्रयोगकर्ता रहेकोमा चार वर्षमै यो संख्या झन्डै दोब्बर भएको देखिन्छ। अर्थात् सन् २०२३ सम्ममा ‘सोसल मिडिया’ प्रयोगकर्ताको संख्या ४ अर्ब ८० करोड पुगेको छ। यो संख्या भनेको विश्वको जनसंख्याको ५९.९ प्रतिशत र इन्टेरनेट प्रयोगकर्ताको ९२.७ प्रतिशत हो।

ग्लासम्यान, भर्गिर र हम्र्यान्स र विगान्डले भनेका छन्, ‘सामाजिक सञ्जालले सार्वजनिक कूटनीतिका लागि अवसरहरूको झ्याल खोल्छ किनकि यसले राष्ट्रिय सिमानाहरू पार गर्ने आमजनता र विशिष्ट व्यक्तित्वहरूसँगको संलग्नतालाई सक्षम बनाउँछ।’ सम्भवतः ओबामा, ट्रम्प र मोदी सञ्जालकै कारण राष्ट्रिय घेरा तोड्न विश्वव्यापी पहुँचमा पुग्न सफल भएका हुन्। यो सन्दर्भमा यतिमा सीमित छैन। उनीहरूले सोसल मिडियाको एउटा अंग ट्विटरबाटै संसारभर विकास कूटनीतिको ढोका खोले र फराकिलो संसार बनाए। विदेश नीतिमा राष्ट्र प्रमुखहरूको ट्विटले ठूलो प्रभाव पार्दो रहेछ भन्ने तथ्य माथि प्रस्तुत तथ्यांकले पुष्टि गरेका छन्।

कोर्नेलियू ब्जोलाले डिजिटल डिप्लोमेसीलाई ‘द स्टेट अफ आर्ट’ भनेर निचोड निकालेका छन्। एक दशकको डिजिटल डिप्लोमेसी हेर्ने हो भने ‘डिजिलाइजेसन’को प्रक्रियाबाट कूटनीतिक गतिविधि तीव्र हुने देखिन्छ। यस्तो गतिविधिका क्षेत्र थपिँदै जानेछन् जसले गर्दा आउँदा वर्षहरूमा यसको प्रभाव व्यापक हुने निश्चित छ। किनकि विकास र समृद्धि हरेक देशको गन्तव्य हो। यहाँ विकास सहायतमार्फत गरिने कूटनीति विकास कूटनीतिको अवधारणा हो भन्न खोजिएको छ। सार्वजनिक कूटनीतिको एक हिस्सा यसले ‘सफ्ट पावर’ स्रोतहरूका कारण आफ्ना उद्देश्यहरू पूरा गर्छ।
अति कम विकसित राष्ट्रबाट विकासशील ‘नेपाल’ बन्न अझै तीन वर्ष कुनु पर्नेछ। ‘डिप्लोमेसी’मा कमजोर भएकै कारण पाँच वर्षअघि आएको अवसर हामी नेपालीले गुमाएका थियौं। अझ डिजिटल डिप्लोमेसीमा फड्को मार्न नेपालका सरकार प्रमुखहरूलाई कति समय लाग्ला ? यही मेसोमा एउटा सूचक सोसल मिडियाको प्रयोग चुरो कुरोमार्फत पंक्तिकारले चिहाउने प्रयास गरेको छ। ट्विटरमा खासगरी फलोअर्सबाट यसको निर्धारण गर्ने चलन छ। नेपालको सन्दर्भ विश्वका गन्यमान्य व्यक्तित्वसँग तुलना गर्न त खोजिएको होइन तर प्रस्तुत गर्न खोजिएको तथ्यांकले ‘दिनको संकेत बिहानीले गर्छ’ भने झैं गर्नेछ। किनकि यो २१औं शताब्दी सूचना–प्रविधिको अत्याधुनिक युग मानिन्छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सन् २०१४ मा ट्विटर अकाउन्ट खोलेका छन् जसमा १ लाख ६६ हजार ६ सय छन्। नेपाल समाजवादी पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्विटर (सन् २०१३) फलोअर्स १४ लाख छन्। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर (सन् २०१४) फलोअर्स ८ लाख ५१ हजार ६ सय छन्। पुष्पकमल दाहालले तेस्रो ट्विटर ‘पीएमओ नेपाल’ नाममा सन् २०१५ मा खोलेका छन्। उनका फलोअर्स ७ लाख २ हजार २ सय छन्। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ट्विर फलोअर्स ४ लाख ४२ हजार छन्।

ओलीले ब्यानर तस्बिरमा ‘सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने’ वाक्यांश लेखेका छन्। अरू राष्ट्रप्रमुखको ब्यानरमा तस्बिर छन्। देउवाले ब्यानर तस्बिरमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री बन्दा शपथ खाँदै गरेको दृश्य राखेका छन्। ट्रम्पले भने आफ्नो दक्षिणपन्थी जनवादी सन्देश फैलाउन ट्विटरलाई ‘शक्ति रणनीति’को रणनीतिक साधनका रूपमा प्रयोग गरेको पाइन्छ। प्रधानमन्त्री भइसकेका नेपालका राष्ट्रप्रमुखहरूले ‘सोसल मिडिया’ प्रभावकारी बनाउन सके हित देश र नागरिककै लागि हुने पक्का छ।

मोदीले सन् २०१४ मेमा उनको पार्टीले चुनाव जित्दा ट्विटरको इतिहासमा भारतमा सबैभन्दा धेरै ‘रिट्विटस्’ पठाए। उनले ‘एक आधुनिक र प्रगतिशील भारतलाई बाँकी संसारमा प्रस्तुत गर्न’ सोसल मिडिया प्रयोग गर्छन्। सामाजिक सञ्जालमा धेरै विकल्प भए पनि बौद्धिक व्यक्तिले ट्विटरमार्फत खासगरि आफ्ना सबैभन्दा महŒवपूर्ण मुद्दाहरू प्रस्तुत गर्ने गर्छन्। सरकारका मन्त्री र राजदूतहरू मात्र होइन, राष्ट्र प्रमुखहरू (प्रधानमन्त्री, राष्ट्रपतिहरू) पनि यसको प्रयोग सुझबुझका साथ गर्छन् भन्ने तथ्यांक प्रस्तुत भइसकेको छ। खासगरी ट्विटरमा डाइनामिक कन्टेन्ट जस्तै फोटो, भिडियोहरू र बुँदागत प्रस्तुति सहज तरिकाले गर्ने गरेको पाइन्छ। यसकारण यो सर्वाधिक लोकप्रिय छ।

युवाको जमात फेसबुकमा बढी थियो। पछिल्लो समय भने ट्विटरमा जोडिएका छन् र राष्ट्रप्रमुखहरूबाट प्रभावित पनि छन्। यसले डिजिटल कूटनीतिमा युवालाई जोड्न राष्ट्र प्रमुखहरूलाई सहज भएको छ। डिजिटल कूटनीतिले देशको विदेश नीति लक्ष्यहरू प्राप्त गर्न र आफ्नो ब्रान्डसँगै प्रतिष्ठा व्यवस्थापन गर्न खासगरी ट्विटरको खास प्रयोग भइरहेछ। प्रयोग गर्न सहज, क्षणभरमै विश्वभर सूचना सम्प्रेषण हुने र कम लागतमा काम हुने भएपछि सोसल मिडिया अत्यधिक खपत भइरहेको पाइन्छ।

ओबामाले अमेरिकी नीतिहरूको समर्थन र कानुनहरूको प्रचार गर्न ट्विटर प्रयोग गर्ने गरेको पाइन्छ। उनले अर्थतन्त्र र रोजगारी आदि विषयमा नागरिकलाई सूचना र जवाफ दिन ट्विट गर्ने गरेका छन्। मोदीले पनि मुख्यतः स्व–प्रवद्र्धन र मतदाताहरूसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न पनि ट्विटर प्रयोग गर्ने गर्छन्। ट्विटर कूटनीतिमार्फत राज्यका प्रमुखहरूले कूटनीतिक पहुँच र सार्वजनिक कूटनीति सञ्चालन गर्न प्रयोग गर्छन्। नेपालले ‘डिजिटल डिप्लोम्यासी’ प्रयोग गरेर आफूलाई विकास र समृद्धिमा अब्बल कायम गर्न अब भने चुक्नु हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.