सुन काण्डको विषयलाई लिएर एमालेले सदनमा बल प्रयोग गर्न खोज्यो : विश्वप्रकाश शर्मा

सुन काण्डको विषयलाई लिएर एमालेले सदनमा बल प्रयोग गर्न खोज्यो : विश्वप्रकाश शर्मा
सुन्नुहोस्

काठमाडौं :  नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणको विषयलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनमा बल प्रयोग गर्न खोजेको आरोप लगाएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सदन अवरुद्ध गर्दैमा समस्याको समाधान नहुने बताए।

उनले सदनमा सहज रुपमा आवाज उठाउन पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै  आएको छ। सोही विषयलाई इंगित गर्दै शर्माले सदन अवरोध गरेर समस्याको समाधान नहुने भन्दै सशक्त आवाज उठाउनका निम्ति पनि सदन सुचारु हुनुपर्ने बताएका हुन्।

उनले सुन प्रकरणमा गहिराइमा पुगेर छानबिन गर्नुपर्ने माग सहि भएपनि माग राख्ने थलोलाई सहि ढंगले प्रयोग गर्न नसकिएको जिकिर गरे। शर्माले भने,'सुन प्रकरणमा गहिराइमा पुगेर छानबिन हुनुपर्छ। तर माग राख्ने थलो संसद अवरोध गरेर समस्याको समाधान हुँदैन।'

सुन प्रकरणमा मन्त्री र प्रधानमन्त्रीको जवाफ सुन्ने अधिकार सम्पूर्ण सांसदहरुले राख्ने भएकाले सदनमा उक्त अधिकार रक्षा गर्ने सन्दर्भमा राज्य व्यवस्था समितिले बोल्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.