सोलुखुम्बुमा ग्यारेजको मनोमानी

सोलुखुम्बुमा ग्यारेजको मनोमानी
सुन्नुहोस्

सोलुलखुम्बु : सोलुखुम्बु सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रमा सञ्चालित मोटर ग्यारेजहरू (वर्कशप)को मनोमानीका कारण नागरिक ठगिने क्रम बढेको छ।

ती ग्यारेजहरूले आफूखुसी मोटरपार्टहरू बिक्री गर्दै सेवाग्रहीलाई ठग्ने गरेको गुनासो बढेको हो। सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रहरूमा करिब एक दर्जन मोटर ग्यारेजहरू सञ्चालनमा छन्। 

ती ग्यारेजहरूमध्ये कतिपय लामो समयदेखि सञ्चालनमा छन् भने कतिपय पछि खुलेका पनि छन्। जसमा मोटरसाइकल तथा स्कुटरका ग्यारेजहरू धेरै छन्। 

यहाँ खुलेका कतिपय ग्यारेजहरू सेवा दिन बसेका छन् भने कतियले व्यवसायको नाममा ग्राहक ठग्ने कार्यमा समेत संलग्न हुने गरेको ग्राहक सुनील प्रधानले गुनासो गरेका छन्। 

कतिपय ग्यारेजहरू नियम संगत सञ्चालनमा छन् भने कतिले नियमविपरीत ढंगबाट समेत सञ्चालन गरेको पाइएको छ। यहाँ सञ्चालित ग्यारेजहरूले लिने सामग्रीहरूको मूल्यमा एकरूपता पटक्कै छैन। जसले गर्दा सोझा सिधा सेवाग्राही ठगिने गरेको अर्का सेवाग्राही ल्हाक्पा शेर्पाले बताए। 

आफूखुसी मूल्य लिने क्रम बढ्दा सेवाग्राही मर्कामा परेका छन्। बजार क्षेत्रमा तीव्र रुपमा खुलिरहेको ग्यारेजहरूबारे अनुगमन नहुँदा मनोमानी हुने गरेको सल्लेरीकै एक ग्यारेज सञ्चालक राजन श्रेष्ठ स्वीकार गर्छन्। 

सल्लेरीसहित आसपासका क्षेत्रका ग्यारेजहरूमा एउटै सामग्रीहरूको मूल्य समेत फरक फरक भएको गुनासो आफू कहाँ पनि आएको उनको भनाइ छ। 

सदरमुकामकै सल्लेरी बसपार्क लाइनमा सञ्चालित आलम ग्यारेजले मोटरसाइकल तथा स्कुटर मर्मतको काम गर्दै आएको छ। तर सो ग्यारेजले एउटा मोटर पार्टमा निश्चित मूल्य भन्दा ६० प्रतिशतसम्म बढी असुल्ने गरेको तथ्य फेला परेको छ। 

४ सयदेखि ४५० रुपैयाँसम्म पर्ने मोटरसाइकलको एउटा पार्टको मूल्य यस ग्यारेजले ११ सय रुपैयाँसम्म लिने गरेको पाइएको छ। उनीहरूले मोटरपार्टसमा प्रिन्ट भएर आएको मूल्यलाई मेटेर फाल्ने गरेका छन् भने सोही सामग्रीको मूल्य ३ दोब्बर सम्म बढी लिने गरेको भेटिएको छ। 

ग्यारेज सञ्चालक मोति उरर हमान भने आफूले सुरुमा केहि महँगो मूल्य भने पनि पछि घटाएर बिक्री गर्ने गरेको बताउछन्। सामग्री र ज्यालाको सहित जोडेर बढी मूल्य पर्ने भएकाले आफूहरूले बढी लिने गरेको उहाँको तर्क छ। आलम ग्यारेज त एक प्रतिनिधि मात्रै हुन्। 

सदरमुकाममै सञ्चालित मोटर ग्यारेजहरूले एउटै सामग्रीको मूल्य समेत मनोमानी लिने गरेको सर्वसाधारणको गुनासो छ। तर यहाँका ग्यारेजहरूमा अहिले सम्म न कसैले निगरानी गरेको छ न त कुनै निकायले अनुगमन नै गरेको छ। 

त्यही मौका छोपेर कतिपय ग्यारेजहरूले ग्राहक ठग्ने गरेको पाइएको छ। यसलाई नियन्त्रण गर्न प्रशासन निर्मम ढंगले अघि बढ्ने प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त भट्टराईले बताए। 

स्थानीय तह र घरेलु कार्यालयसँग समन्वय गरेर आफूहरू अघि बढ्ने प्रजिअ भट्टराइको भनाइ छ। नगर क्षेत्रभित्र सञ्चालित उद्योग धन्दा तथा कलकारखानाको नियमन तथा नियन्त्रण गर्ने दायित्व स्थानीय सरकारकै हो। 

सोलुदूधकुण्ड नगरपालिकाले ग्यारेजहरूमा बिक्री हुने सामग्रीको मूल्य एकरूपता तथा ग्यारेज व्यवस्थापन गर्न योजना नै बनाएर अघि बढेको मेयर नाम्गेल जाङबु शेर्पाले बताए। 

यस विषयलाई नगरपालिकाले गम्भीर रुपले लिएकाले आउँदो कार्तिकबाट सबै समस्याको समाधान गर्ने गरी स्थानीय सरकार अघि बढेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.