मलंगवामा विद्यालय परिसरमा युवक मृत भेटिए

मलंगवामा विद्यालय परिसरमा युवक मृत भेटिए
सांकेतिक तस्बिर।
सुन्नुहोस्

मलंगवा : सर्लाही सदरमुकाम मलंगवामा एक युवक मृत फेला परेका छन् ।  मलंगवा नगरपालिका -९ स्थित कृष्ण देवी माध्यमिक विद्यालयको हाताभित्र मृत अवस्थामा एक युवक फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

अन्दाजी २५/२६ वर्षका युवक मृतमा अवस्थामा विद्यालयमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुबेदीले जानकारी दिएका छन् । 

मृतक युवकको पहिचान खुल्न सकेको छैन् । मृतकको युवकको मुखबाट सेतो फिज निस्केको छ । लागुऔषध सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।

युवकको शव पोष्टमार्टमका लागि अहिले प्रदेशिक अस्पताल मलंगवा सर्लाहीमा राखिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.