अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र जलमग्न

अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र जलमग्न
अविरल परेको वर्षासँगै विष्णुमतीमा आएको बाढी काठमाडाँको नयाँबसपार्क क्षेत्रको विष्णुमती करिडोरमा पसेपछि थुप्रेको फोहोर सफा गर्दै । तस्बिर : रासस
सुन्नुहोस्

काठमाडौं : अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भारी वर्षाका कारण काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए। उनले भने,'भारी वर्षाले काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्,डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ,सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ ।'

यसैगरी भारी वर्षाका कारणसडक,घर,विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । 

बाढीकै कारण काठमाडौंको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अबिरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आकलन गरेर ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिएको राष्ट्रिय समाचार समितिमा समाचार छ।

विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११:०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.