आन्दोलनका कारण कर्णाली राजमार्ग बन्द

आन्दोलनका कारण कर्णाली राजमार्ग बन्द
राजमार्ग बन्द गर्न स्थानिय आन्दोलनकारी सडकमा । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जुम्ला : कर्णाली राज मार्गको नाग्म–जुम्ला बजार सडकखण्ड आन्दोलनका कारण बिहानदेखि बन्द भएको छ । जुम्ला चन्दननाथ नगरपालिकाका धन गिरीको न्यायका लागि स्थानीयले बिहानैदेखि कर्णाली राजमार्ग बन्द गरेका हुन्।

२०७७ असोज १५ गते देखि बेपत्ता भएका ट्याक्टर चालक गिरी हालसम्म नभेटेपछि आफन्तले कर्णाली राजमार्ग बन्द गरेका हुन । चार वर्ष वितिसक्दा समेत घर नफर्के पछि परिवारले जिल्ला प्रहरी कार्यालयलाई खोजि गरिदिन आग्रह गरेका थिए।

यसैबीचमा जुम्ला जिल्ला अदालत र उच्चअदालत सुर्खेतको इजलासले घटनाका प्रतिवादीलाई सफाइ दिएपछि गिरीका परिवार थप आन्दोलित बनेका हुन्। 

बन्दका कारर्ण जुम्लाबाट जाने आउने लोमो तथा छोटो दुरीका सवारी बन्द भएका छन् । जुम्लाबाट  काठमाडौं,नेपालगञ्ज,सुर्खेत,कालिकोट , नग्म,सिन्जा जाने यत्रु अलपत्र परेका छन् । अन्दोलनकारीले एम्बुलेन्स लयातका अतिआवश्यकका सवारी साधन समेत चल्न दिएका छैनन् । 

घटना भएको सात महिनापछि तातोपानि गाउँपालिका -५ श्रीनगरको चौर नजिक तिला नदीमा शंकास्पद मानव कंगाल भेटिएको थियो। कंगलाको डीएनए परीक्षणका लागि पठाएकोमा हालसम्म रिपोर्ट आएको छैन। रिपोर्ट नआउँदै घटनाको दोषीलाई सफाइ दिएको भन्दै गिरीका आफन्तको भनाइ छ।

गिरी २०७७ साल असोज १५ गते सहचालनकसहित जुम्ला बजारबाट ट्याक्टर लगेर गुठिचौर गाउँपालिकाको मणीसाघु गएका थिय।  उक्त ठाउँबाट फर्किने क्रममा गुठिचौरकै लामाकार भीरबाट बेपत्ता भएका थिए । उक्त दिन गुठिचौर गाउँपालिका -५ का बिमलसहितको ४ जनाको टोलिले ट्याक्टर रोकेर चढेका थिए। 
​​​​​​​उनीहरुले  ट्याक्टर रोकेर चाबी खोसी ढुंगामुडा गरी चलकलाई बेपत्ता परेको घटनाको विवरणले देखाएको छ। घटनाको विवरणका आधारमा ती चारजनाविरुद्ध अपहरण गरी व्यक्ति वेपत्ता पारेको आरोपसहित  मुद्दा दायर भएको थियो।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार धिमिरेले आन्दोलनकारीसँग वार्ता भइरहेको जानकारी दिएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.