सरकार विपक्षप्रति प्रतिशोध साँध्ने, अपराधलाई ढाकछोप गर्ने बाटोमा उद्धत : एमाले

सरकार विपक्षप्रति प्रतिशोध साँध्ने, अपराधलाई ढाकछोप गर्ने बाटोमा उद्धत : एमाले
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले वर्तमान गठबन्धन सरकारकै कारण मुलुक आर्थिक संकटतिर धकेलिएको बताएको छ। आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको धारणा सार्वजनिक गर्दै एमाले प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले गठबन्धन सरकारका कारण मुलुक आर्थिक संकटतिर गहिरिदै गएको बताएका हुन्।

 
'वर्तमान गठबन्धनको सरकार बनेसँगै मुलुकमा राजनीतिक विकृति, संवैधानिक प्रावधानमाथि हस्तक्षेप,आर्थिक संकट, आन्तरिक मामिलामा बाहिरी हस्तक्षेप, समाजमा अराजकता बढ्दै गएको छ,'  उनले भने,'जसका कारण आर्थिक संकट गहिरिदै गएको छ, व्यवसायीहरू हतोसाहित भएका छन्।'

उनले पुष्पकमल दाहाल नेतृत्वको सरकार विपक्षप्रति प्रतिशोध साँध्ने,कुप्रचार  गर्ने र अपराधहरूलाई ढाकछोप गर्ने बाटोमा उद्धत भएको उनको भनाइ छ

वर्तमान सरकारले निश्चित व्यवसायीको स्वार्थका लागि करका दर हेरफेर गर्ने, ठूला ठेक्का पट्टामा राज्यको साधन स्रोतहरूलाई निश्चित व्यवसायीहरूलाई दोहोन गर्न छोडिदिने गरेको उनले आरोप लगाए।

विदेशबाट भित्रिएको कालो धनलाई सेतो तुल्याउन राष्ट्र बैंकबाट दबाब दिनेलगायत कामले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रियस्तरमा धमलिएको उनले बताए। 

उनल‍े २०७४ माघमा ३३ किलो सुन तस्करी प्रकरणमा सरकारबाट उच्चस्तरीय छानबिन समिति गठन गरेर मुख्य अपराधीलाई कानुनको दायरमा लिएको दावी गरे।


 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.