पोखरीमा डुबेको अवस्थामा पुरुषको शव फेला
काभ्रे :जिल्लाको बनेपा नगरपालिकामा ८ विद्युत प्राधिकरण चोकमा रहेको पोखरीमा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बनेपाको डीएसपी रेशम बोहोराले सोमबार बिहान ९ बजेतिर प्राधिकरणचोक नजिकै रहेको तलापुखुफु पोखरीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको जानकारी दिए ।
डीएसपी बोहोराले पोखरीमा डुबेको रोशी गाउँपालिका–५ सिसाखानीको ३४ वर्षीय धर्मसिं तामाङ नामको नागरिकता फेला परेको बताए । मृतकको साथमा भेटिएको नागरिकता सोही व्यक्तिकै हो कि होइन भन्नेबारे यकिन हुन नसकेको अनुसन्धान भइ रहेको उनले बताए ।
‘हामीले मृतकको पहिचान गर्नको लागि रोशी–५ का वडा अध्यक्ष नीरध्वज लामालाई खबर गरी नागरिकतामा नाम उल्लेख गरिएको आफन्तलाई बनेपा बोलाएको छौं,’ डीएसपी बोहोराले भने,‘अब आफन्त आइपुगेपछि नागरिकतामा उल्लेख भएको नामको व्यक्ति नै मृतक हो वा होइन यकिन हुन्छ ।’
बिहान अन्दाजी ९ बजे तिर स्थानीयले पोखरीमा मान्छे डुबेको जस्तो देखिएपछि प्रहरीलाई गरेका थिए । मृत व्यक्ति पोखरीमा घोप्टो अवस्थामा फेला परेको थियो । यस विषयमा बनेपा प्रहरीले थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !