पहिराको जोखिममा रिगाउँ, विद्यालय बन्द

पहिराको जोखिममा रिगाउँ, विद्यालय बन्द

मलेखु (धादिङ) : धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका-१ स्थित रिगाउँ पहिराको जोखिममा परेको छ। गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीयवासी त्रस्त भएका छन्।

बस्तीमाथि रहेका बारीका गरा भासिन थालेका  र जमिन चिरा परेर बग्न  थालेको स्थानीय एक विद्यालयका प्रधानाध्यापक रामचन्द्र सिटौलाले जानकारी दिए। भासिन थालेको स्थानभन्दा तलका घर खाली गर्न थालिएको छ। हालसम्म भासिन थालेको स्थानको सिधा मुनि रहेका करिब १५ घर खाली गराइसकिएको छ।

वृद्धवृद्धा र बालबच्चालाई सुरक्षित स्थानतर्फ सारिनाका साथै अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ लान थालिएको छ। अहिले त्यहाँका बासिन्दाले  घरायसी सरसामान र बस्तुभाउलाई सुरक्षित स्थानतर्फ सारिरहेको रिगाउँ माविका प्रधानाध्यापक सिटौलाले जानकारी दिए।

केहीले विद्यालयकै सुरक्षित भवनमा सरसामान थन्याएका छन् भने केहीले जोखिम नभएका छिमेकी र आफन्तको घरमा राखेका छन्। गाउँभन्दा माथिका जमिन भासिन थालेको छ। 

त्यही भासिन थालेको ठाउँभन्दा मुनि बस्ती छ। करिब ५० घरजति पुरिने अवस्थामा पुगेको छ। आसपासका करिब ६० घर पनि जोखिममा रहेको गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले बताए।

कुनै पनि बेला पहिरो झर्नसक्ने जोखिम उच्च भएपछि उक्त विद्यालयको पठनपाठन बन्द गरिएको छ। स्कुलको दुई वटा भवनमध्ये २० कोठे नयाँ भवन पनि जोखिममा परेको छ। दुई वर्षअघि निर्माण गरिएको खानेपानीको ट्याङकी पनि बगाउन सक्ने सम्भावना बढेको छ।

हिजोदेखि लगातार पानी परिरहेको र बिहान स्थानीयवासी घाँस काट्न जाने क्रममा जमिन भासिएको देखेर गाउँमा खबर गरेका थिए। 

सरोकारवाला सबैले गएर गएर हेर्दा थप जोखिम हुने सक्ने भएकाले  बस्ती खाली गराइएको हो। जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ५४ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा प्राय तामाङ समुदायको बसोबास छ।  बर्खा लागेपछि यहाँ सवारीसाधन चल्दैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.