ल्हारक्याल लामाको नियुक्तिपछि प्रधानमन्त्रीको बिलौना- कहिलेकाहीँ लाग्छ म आफैं चलिरहेको छु कि मलाई कसैले चलाइरहेका छन्
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्नु भुल भएको घुमाउरो पारामा स्वीकारेका छन्।
मंगलबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उनले बुद्ध धर्म पढेको र केही गर्न सक्छन् कि भनेर आफूले नियुक्ति दिएको बताए। प्रधानमन्त्री दाहालले भने, 'नियुक्तिपछि धेरै विवाद आयो। उनको नियुक्ति पक्रिया मलाई पनि उचित लागेको छैन।'
उनले बेला-बेला आफूलाई अरु कसैले चलाइरहेको भान हुने बताए। 'कहिलेकाहीँ मलाई लाग्छ म आफैं चलिरहेको छु कि मलाई कैसैले चलाइरहेका छन् भन्ने भान हुन्छ,' उनले भने।
उनले कांग्रेस र एमालेमा हुँदा गरेका बदमासीबाट चोखिएर लामा माओवादीमा आएको बताए। 'बुद्ध धर्म पढेको हुँ। लुम्बिनीमा म केही गर्न सक्छु भनेपछि मैले नियुक्ति प्रक्रिया बढाएको थिएँ,' उनले भने।