चितवनमा सवारी दुर्घटना : २० जना घाइते, ७ गम्भीर

चितवनमा सवारी दुर्घटना : २० जना घाइते, ७ गम्भीर
सुन्नुहोस्

चितवन : पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा कलेजको बसले बोलेरोलाई ठक्कर दिँदा २० जना घाइते भएका छन्।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले बुधबार पौने १२ बजे भरतपुर महानगरपालिका- ९ टिकौली जङ्गलमा मोटरसाइकल, स्कुटर र शव बोकेको गाडीलाई ठक्कर दिएको हो। दुर्घटनामा घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।

उक्त कलेजको बसले विपरित दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाट जाँदै गरेको बलेरोलाई ठक्कर दिई बा.प्र.०६-००१ प ९९८१, बा.प्र.०३-००५ प ९७, ना ६२ प ६०३२, बा.प्र.०३-००१ प ४१४७ मोटरसाइकलहरु र बा.प्र.०६-००१ प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नम्बरको स्कुटरसहित सवारी साधनहरु एक आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजय पण्डितले बताए।

nullदुर्घटनामा चितवनको खैरहनी नगरपालिका- ४ का ६५ वर्षीय कृष्णबहादुर तामाङ, खैरहनी-१ का ८२ वर्षीय जितबहादुर तामाङ , रत्ननगर नगरपालिका-१४ का ५५ वर्षीय कुशुम बहादुर राना, ३८ वर्षीय सुरेश श्रेष्ठ, रत्ननगर- ९ का ३५ वर्षीय किशोर तामाङ, मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ का ६५ वर्षीय मोहन तामाङ, ५५ वर्षिय डोल बहादुर कार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

घाइतेहरुको भरतपुर सरकारी अस्पताल र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक नवलपुर गैडाकोट नगरपालिका-९ का २६ वर्षीय आशिष परियार प्रहरीको नियन्त्रणमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.