असन्तुष्ट पक्षले गठन गरे नेपाल सदभावना पार्टी

असन्तुष्ट पक्षले गठन गरे नेपाल सदभावना पार्टी

राजविराज : नागरिक उन्मुक्ति पार्टीमा समाहित भएपछि असहमति जनाउँदै आएका नेपाल सद्भावना पार्टीका असन्तुष्ट पक्षले शनिबार राजविराजमा नेपाल सद्भावना पार्टी केन्द्रीय समिति गठन गरेको छ।

केन्द्रीय समिति गठनका लागि नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहको कर्मभूमि राजविराजलाई नै उनीहरूले रोजे। 

यसअघि साउन १४ गते नेसपाका अध्यक्ष रामकुमार महतो र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले एकता घोषणाको सम्झौता पत्रमा हस्ताक्षर गरी जनकपुरधाममा पार्टी एकिकरणको घोषणा गरेका थिए। 

घोषणामा असहमति राख्दै आएका पार्टी पदाधिकारी, सदस्यहरूको बैठकले शनिबार गरेको निर्णय सार्वजनिक गर्दै नेसपाले नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका पार्टी पदाधिकारीहरूलाई पार्टीबाट निष्काशन गरेको जनाएको छ।

राजविराजमा सम्पन्न भेलाले दशरथ यादवको अध्यक्षतामा २८ सदस्यीय नेसपा केन्द्रीय कार्य समिति गठन गरेको सो पार्टीले जनाएको छ। 

गठित समितिको वरिष्ठ उपाध्यक्षहरूमा वालकेश्वर ठाकुर, उपाध्यक्षहरूमा रामपृत यादव, मिश्रीलाल मण्डल, महिला उपाध्यक्षमा भेडिहर चन्द्रिका, महासचिवमा दिनेश्वर झा, सह महासचिवमा रामनरेश प्रसाद कोइरी, सहमहासचिवमा रवीन्द्र कुमार चौधरी, सहमहासचिवमा मुरारीलाल कर्ण, सचिवमा रामकुमारी महतो, प्रवक्तामा नरेश यादव र कोषाध्यक्षमा सुनिता देवी महतोलाई चयन गरिएको अध्यक्ष यादवले बताए।

यसैगरी संघीय सदस्यहरूमा सहजाद मियाँ, सत्यनारायण प्रसाद रौनियार, अनिता ठाकुर, जिवछ प्रसाद यादव, वृजेस पाण्डे, सुनिल यादव, रणधिर कर्णा, सुवि यादव, रामदहिन यादव, नन्दिनी झा, ललिता देवी महतो, रामनारायण यादव, अरुणलाल दास, लक्षणादेव यादव र विरेन्द्र कुमार महतो रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.