जुम्लाको सरकारी टोली बाजुराको बडिमालिका प्रस्थान

जुम्लाको सरकारी टोली बाजुराको बडिमालिका प्रस्थान
जुम्लाबाट बढिमालिका प्रस्थान गरेको सरकारी टोलीलाई बिदाइ गर्दै स्थानीय । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरेन्द्रनगर : जुम्लाको सरकारी टोली भगवती पूजाका लागि कालिकोट र बाजुराको सिमानास्थित बडिमालिकातर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका माइको पूजाआजाका लागि जुम्लाको सरकारी टोलीसहित सयौं भक्तजन त्यसतर्फ प्रस्थान गरेका हुन्।

बडिमालिका माइको पुजामा हरेक वर्ष जुम्लाबाट सरकारी टोली जाने परम्पराअनुसार हरेक वर्ष नाग पञ्चमीका दिन जुम्लाको टोली बडिमालिका जाने गर्छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौँ भक्तजनको टोली बडिमालिका प्रस्थान गरेको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए । उनका अनुसार सोमबार गएको टोली कृष्णजन्मअष्टमीको अघिल्लो दिन अर्थात् १७ दिन लगाएर जुम्ला फर्किनेछ । 

हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार सोमबार जुम्लाको टोली बडिमालिका गएको जुम्लाका संस्कृविद् रमानन्द आचार्यले बताए । 

नेपाली सेनाको एक टुकुडीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोलीसहित बडिमालिका हिँडेको टोलीलाई फूलमाला अबिर सहित बिदाइ गरिएको हो। 

संस्कृतविद् आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामान(पेटारो) नामक झोलीमा राखेर पूजाका लागि पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बडीमालिका जाने टोलीको सुरक्षार्थ सीमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग समन्वय भएको बताए । विगतका केही वर्ष कोरोना कारण सीमित व्यक्ति मात्रै बडिमालिका गएका थिए । यस वर्ष भक्तजनको उत्साह निकै बढेको देखियो । त्यसैले टोलीको सुरक्षालाई मजबुद बनाइएको उनको भनाइ छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.