उद्योग वाणिज्य संघको आह्वानमा जलेश्वर बन्द

मिटरब्याज पीडितको जुलुसले आफूहरुमाथि दुर्व्यवहार गरेको आरोप

उद्योग वाणिज्य संघको आह्वानमा जलेश्वर बन्द
सुन्नुहोस्

जलेश्वर (महोत्तरी): महोत्तरीको सदरमुकाम जलेश्वर उद्योग वाणिज्य संघको नेतृत्वमा आज बन्द गरिएको छ । मिटरब्याज पीडितहरुले सोमबार निकालेको विरोध जुलुसको क्रममा जलेश्वरका व्यवसायीलाई सडकमै दुर्वव्यवहार र कुटपिट गरेको भन्दै आज जलेश्वर बजार बन्द गराएका हुन् । 

बन्दका कारण नगरभरिको निजी तथा सामुदायिक विद्यालय, पसल, बजार बन्द गरेर व्यपारीले आन्दोलन सुरु गरेका छन् । मिटरब्याज पीडितहरुले सरकारले ल्याएको ऐनमा संसोधनको माग गर्दै हिजो जलेश्वरमा प्रर्दशन गरेका थिए । प्रर्दशन गरिरहेका बेला आन्दोलनकर्मीहरुले व्यवसायीलाई कुटपिट गरेको भन्दै व्यपारीहरु सडकमा उत्रेका हुन् । 

मिटरब्याज पीडितको नाममा अराजक गतिविधि गर्नेहरुलाई कारवाही नहुन्जेलसम्म बजार बन्द यथावत राख्ने जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष लभराजा सिँहले बताए।

जलेश्वर बजार बन्दका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । यता व्यपारीहरुले चौक–चौकमा नारबाजी गरेर दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले कुनै अप्रिय घटना नहोस् भनेर व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको छ । मिटरब्याज पीडितहरुले भने आन्दोलन बिथोल्नलाई आफूहरुमाथि गलत आरोप लगाएर पीडकको समर्थनमा उत्रेका आरोप लगाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.