पार्टी संगठन चलायमान बनाउन आन्तरिक विशेष अभियान प्रभावकारी रहयो : कांग्रेस

पार्टी संगठन चलायमान बनाउन आन्तरिक विशेष अभियान प्रभावकारी रहयो : कांग्रेस
नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समितिको बैठकमा सहभागी नेताहरू । तस्बिर : बिस्नप्रसाद न्यौपाने
सुन्नुहोस्

वीरेन्द्रनगर : नेपाली कांग्रेसले साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन भएको आन्तरिक विशेष अभियान सफल भएको निस्कर्ष निकालेको छ । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समितिको बैठकले यस्तो निस्कर्ष निकालेको हो । 

कांग्रेस प्रदेश सभापति ललितजंग शाहीको अध्यक्षता तथा पार्टीका कार्य सम्पादन समिति सदस्य एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही,प्रदेश उपसभापति कालीबहादुर सहकारीसहितका नेताहरूले पार्टीको संगठन चलायमान बनाउन पार्टी केन्द्रीय कार्यक्रम अनुसार कर्णालीमा आन्तरिक विशेष अभियान प्रभावकारी भएको बताए । 

उनीहरूले यस्ता अभियानले पार्टीको संगठन सुदृढ र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।  कांग्रेस प्रदेश कार्य समितिको बैठकले नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समितिको २०८० जेठ १९ गते राराताल मुगुमा बसेको बैठकले गरेका निर्णयको कार्यान्वयन तथा बैठकपछि  भएका गतिविधको समीक्षा गरेको प्रदेश कार्य समितिका प्रवक्ता दमनबहादुर शाहीले बताए । 

उनका अनुसार नेपाली कांग्रेसले २०८० साउन २० देखि ३० सम्म सञ्‍चालन गरेको पार्टीको “आन्तरिक विशेष अभियान “ प्रभावकारी भएको र यसमा संलग्न सबैलाई धन्यवाद दिने, सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति भवन निर्माणका लागि प्रदेश कार्य समितिका पदाधिकारी, जिल्ला सभापति र कार्य समितिका संपूर्ण सदस्यहरूबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरिएको,स्थानीय तहका जन प्रतिनिधिहरूका लागि वीपी जयन्तीको अवसरमा २०८० भाद्र २४ र २५ गते २ दिने प्रशिक्षण कार्यक्रम विरेन्द्रनगर सुर्खेतमा गर्ने निर्णय गरेको छ । 

यस्तै कांग्रेसले जिल्ला सम्मेलन गर्न बाँकी रहेका जिल्लालाई २०८० आश्विन मसान्तभित्र अनिवार्य सम्मेलन सम्पन्न गर्न पुनः निर्देशन गर्ने, प्रदेश कार्य समितिका सदस्य रेणु आचार्यलाई लेखा समितिको संयोजकमा मनोनयन गरेको छ । 

हाल भारतको दिल्लीमा आफ्नो स्वास्थ्य उपचार गराई रहेका प्रदेश कार्य समितिका सदस्य प्रेमबहादुर डांगीको शिघ्र स्वास्थ्य लाभको कामना र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्यहरू हरि न्यौपाने र डा.राजाराम कार्की निधनप्रति शोक प्रस्ताव पारित लगायतका निर्णय गरेको छ ।

 


 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.