गठबन्धन सरकार पाँच वर्षसम्म चल्छ, भ्रष्टाचारीलाई छोड्नु हुँदैन : माधव नेपाल

गठबन्धन सरकार पाँच वर्षसम्म चल्छ, भ्रष्टाचारीलाई छोड्नु हुँदैन : माधव नेपाल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पाँच वर्षसम्म चल्ने दावी गरेका छन्।

शुक्रबार वीरगन्जमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गन्धबन्धन सरकार पाँच वर्षसम्म जानेमा शंका नगर्न आग्रह गरे। 

'यो गठबन्धन सरकार पाँच वर्षसम्म जान्छ,'उनले यसमा शंका गर्ने ठाउँ नै छैन।' पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले जुनसुकै भ्रष्टाचार प्रकरणमा दोषीलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए।

उनले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने जिकिर गरे।  उनले भने,'जुनसुकै भ्रष्टाचार होस्। दोषीलाई उन्मुक्ति दिइनुहँदैन। निर्दोषलाई फस्ने वातावरण बनाउनु हुँदैन।'

समाजवादी मोर्चा तीव्र गतिमा अगाडि बढिरहेको दावी गरे।  जनताका समस्या समाधानमा समाजवादी मोर्चा केन्द्रित हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.