कर्णालीका मुख्यमन्त्री शर्मा स्वीट्जरल्याण्ड भ्रमणमा जाने

कर्णालीका मुख्यमन्त्री शर्मा स्वीट्जरल्याण्ड भ्रमणमा जाने
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा यही भदौ १४ गते स्वीट्जरल्याण्डको भ्रमणमा जाने भएका छन्। 

उनी अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा स्वीट्जरल्याण्डमा हुने कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ जान लागेका हुन्। 

उक्त कार्यक्रम सेप्टेम्बर १ र २ मा हुँदै छ। मुख्यमन्त्री शर्माले शुक्रबारको संसदमा भ्रमणबारे जानकारी गराएका छन्। वित्तीय, सामाजिक, मानवता, निजी, सहकारी, समुदाय र हरित कार्यक्रम समेटिएको सो सेमिनारमा कर्णाली सरकारसँग सहकार्यबारे छलफल हुने उनले बताए। त्यसका लागि संघीय सरकारबाट अनुमति लिइसकिएको पनि बताए। 

संघीय सरकारको निर्णयअनुसार भ्रमणका लागि स्वीकृत प्राप्त भइसकेको छ। शर्माले भने,‘स्वीट्जरल्याण्ड भ्रमण कर्णालीमा लगानी भित्र्याउने, रोजगारीको सिर्जना गर्ने तथा समृद्धिको कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भसँग जोडिएको छ। बाँकी छलफल गरेर आइसकेपछि संसदमा जानकारी गराउने छु।’ मुख्यमन्त्री शर्माले कर्णालीमा लगानी आकर्षित गर्न विभिन्न तवरले पहल भईरहेको पनि बताए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.