रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा तालाबन्दी

रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा तालाबन्दी
सुन्नुहोस्

वीरेन्द्रनगर : रुकुमपश्चिमको मुसीकोट नगरपालिकाका उपप्रमुख विमलकुमारले आफ्नै नगर शिक्षा शाखाका निमित्त प्रमुख नरेन्द्र ओलीमाथि हातपात तथा दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।

नगर प्रमुख महेन्द्र केसीलाई सात बुँदे माग पेस गरेर नगरपालिकाको मूल गेटमा ताला लगाई कालो ब्यानर टाँसिएको छ।

मुसीकोट–१ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा करार शिक्षक नियुक्त गर्नका लागि हिजो नगरपालिकामा परीक्षा कार्यक्रम सुरु गर्न थाल्दा उपप्रमुख पुनले शिक्षा शाखाका निमित्त प्रमुख ओलीमाथि हातपात गर्नुका साथै गालीगलौजमा उत्रिएको विषय बाहिरिएको थियो। 

त्यसपछि परीक्षाको कार्यक्रम स्थगित गरिएको थियो भने उपप्रमुख पुनले पत्रकार सम्मेलन नै आयोजना गरेर आफूले कसैमाथि हातपात र दुर्व्यवहार नगरेको बताएका थिए।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले उक्त घटनाको विरोधस्वरुप कार्यालयको सेवा ठप्प पारेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले बताए। पीडित कर्मचारीले न्याय नपाए कर्मचारीहरू थप आन्दोलित हुने बताएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.