अर्घाखाँचीमा बढे सम्बन्धविच्छेदका मुद्दा

अर्घाखाँचीमा बढे सम्बन्धविच्छेदका मुद्दा
सांकेतिक तस्बिर।

सन्धिखर्क : अर्घाखाँचीको शीतगंगा नगरपालिका—७ की (नाम परिवर्तन) मधु पौडेलले तीन वर्षअघि २० वर्षको उमेरमा प्रेम विवाह गरिन्। तर, विवाह भएको दुई वर्षमै उनको सम्बन्धविच्छेद भयो।

सुरुमा मन मिलेर प्रेमविवाह भए पनि पछि श्रीमान् श्रीमतीको मनमुटावले विवादको रूप लिँदा सम्बन्धविच्छेद हुन पुग्यो। परिपक्व नभई, रमाइलो र हाँसोठट्टामा विवाह गर्दाको परिणामले उनको राम्रोसँग घरजम हुन सकेन। छत्रदेव गाउँपालिका—७ की रमा पाण्डे (नाम परिवर्तन)ले सम्बन्धविच्छेद गरेकी छन्। विदेश गएका श्रीमान्सँग अविश्वास बढ्दै गएपछि उनले विवाह गरेको तीन वर्षमा सम्बन्धविच्छेद गर्नुको विकल्प रहेन। 

प्रेमविवाह र वैदेशिक रोजगारीका कारण अर्घाखाँचीमा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्यामा वृद्धि भएको छ। सम्बन्धविच्छेद गर्नेमा ७० प्रतिशतभन्दा बढी ३० वर्षमुनिका छन्। 

अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरूमध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन्। गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म अर्थात् आर्थिक वर्ष २०७९/०८० मा जिल्ला अदालत अर्घाखाँचीमा रहेका ५ सय २७ मुद्दामध्ये २ सय ७३ वटा मुद्दा सम्बन्धविच्छेदका रहेका अर्घाखाँची जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताए। उनले भने, ‘अदालतमा आएका मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदका छन्।’ 

जिल्ला अदालत अर्घाखाँचीमा आर्थिक वर्ष २०७९/०८० मा सम्बन्धविच्छेदका २ सय ७३ मुद्दा दर्ता भएकोमा १ सय ५९ मुद्दा फैसला भएको कार्यालयका सूचना अधिकारी गैरेले बताए। अब १ सय १४ मुद्दा फैसला हुन बाँकी रहेको उनको भनाइ छ। यसअघि अधिकांश महिला सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्न आउने गरेकोमा अहिले पुरुष पनि आउने गरेका छन्। आर्थिक वर्ष २०७९/०८० मा पुरुषले मात्र ५५ वटा मुद्दा दर्ता गराएको उनले बताए।

यस्तै जिल्ला अदालतमा लक्ष्यभन्दा कम मुद्दा फैसला भएका छन्। आर्थिक वर्ष २०७८/०७९ मा आएका १ सय २६ थान मुद्दा र २०७९/८० मा ४ सय १ गरी कुल ५ सय २७ मुद्दा दर्ता भएका छन्। यसमध्ये ३ सय १८ थान अर्थात् ६५ प्रतिशत मुद्दा फस्र्योट गर्ने वार्षिक लक्ष्य राखिएकोमा २ सय ५१ थान अर्थात् ४७.६३ प्रतिशत मात्र मुद्दा फैसला भएको सूचना अधिकारी गैरेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.