वरिष्ठ पत्रकार राजेश्वर नेपालीको अन्त्येष्टि

वरिष्ठ पत्रकार राजेश्वर नेपालीको अन्त्येष्टि
सुन्नुहोस्

जनकपुरधाम : परिवर्तनको हरेक आन्दोलनमा पटक–पटक जेलनेल परेका स्वतन्त्र सेनानी तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा राजेश्वर नेपालीको अन्त्येष्टि गरिएको छ। 

नेपाली, मैथिली तथा हिन्दी भाषा साहित्य र पत्रकारितामा ६ दशक भन्दा बढी समय देखि अनवरत क्रियाशील अग्रज पत्रकार राजेश्वर नेपालीको नगर परिक्रमा गराई आज दिउँसो हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको हो। 

जीवनको उत्तरार्द्धमा जेलनेल बिताएका उनलाई सेना र प्रहरीको यातनाको चोटले शरीर हिँडडुल र उठबसमा कष्टकर भएपछि थालिएका नेपालीको आइतबार साँझ ८:०५ बजे निधन भएको थियो। साथै उनी प्रोस्टेट क्यान्सरबाट समेत पीडित थिए। पत्रकारिताको ‘ईनसाईक्लोपिडिया’ उपनामले समेत विख्यात नेपालीको छोरा राघवेन्द्र साहले दागबत्ती दिएका छन्। 

नेपालीको आइतबार साँझ ८:५ बजे निधन भएको हो। नेपालीको निजी निवास जनकपुरधाम उपमहानगरपालिका-२३ लादोबेलास्थित निवासमा निधन भएको थियो। उनको मंगलबार दिउँसो हिन्दु परम्परा अनुसार जनकपुरधामस्थित दुधमती किनारामा अन्तिम संस्कार गरिएको छ। 

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले श्रद्धाञ्जली अर्पण गर्दै नेपाली देहावसानले राजनीतिक, पत्रकारिता तथा साहित्यिक क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख गरेका छन्। 

नेपाली, मैथिली र हिन्दी साहित्यमा कलम चलाउँदै आएका नेपाली आफ्नो लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्रप्रेमलाई प्राथमिकतामा राख्थे । उनले समाजको लागि परिवर्तनकारी सोच, सामाजिक रुपान्तरणको लागि कलम निरन्तर चलाउँदै आएका उनी सरल स्वभावका आदर्शमुखी थिए । उनी गान्धी विचारबाट प्रभावित भएर पोशाक पनि गान्धी कै जस्तो खादी र सुती लगाउँथे । 

मैथिली साहित्यमा एमए गरेका नेपालीका २ छोरा ३ छोरी थिए तर पत्रकारितामै लागेका जेठो छोरा रविन्द्र साहको २९ वर्षकै अल्पआयुमा निधन भयो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.