झारफुकमा विश्वास गर्दा उपचारका लागि लगिएका युवा जलेर  घाइते, माता पक्राउ

झारफुकमा विश्वास गर्दा उपचारका लागि लगिएका युवा जलेर  घाइते, माता पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

दोलखा: दोलखाको शैलुङ गाउँपालिकामा आगोमा जलेर एकजना  घाइते भएका छन् ।  एक वर्षदेखि काम्ने समस्या भएका शैलुङ गाउँपालिका– ३ बिरौटा निवासी २२ वर्षीय युवालाई देवी चढेको र धुपबत्ती खुवाउने भन्दै माताकहाँ लगिएको थियो। धुपबत्ती खुवाउनुपर्ने भन्दै  माताले जबरजस्ती आगोको भुंग्रोमा पस्न लगाएपछि युवा जलेर घाइते भएका हुन् । 

बिरामी युवक आगोमा जलेर घाइते भएपछि ती मातालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले माता भनिने ४४ वर्षीया बुद्धिमाया तामाङलाई नियन्त्रणमा लिइ प्रहरी चौकी मागादेउरालीमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घटनाबारे थप अध्ययन गरी आवश्यक कारबाही गरिने दोलखा प्रहरीले जनाएको हो । आगोले पोलेर घाइते भएका मानबहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

गएको वर्षदेखि काम्ने समस्या भएका मानबहादुर श्रेष्ठलाई बुधबार झाँक्रीको विधिअनुसार धुपबत्ती खुवाउने भन्दै नजिकैको कुवाटोलनिवासी माता तामाङकहाँ लगिएको थियो। माताले बलिरहेको आगोको भुंग्रोमा खाली खुट्टा पस्न लगाएको शैलुङ गाउँपालिका– ३ का वडाध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए। वडाध्यक्ष तामाङले बलिरहेको आगोमा नराख्न आग्रह गरे पनि ती माताले निभेको आगोको खरानीमा नचाउने भन्दै आफूलाई समेत ढाटेको बताए। 

गाउँघरमा धुपबत्ती खुवाउने र उत्पन्न भएका देवीदेवता टुंगो लगाउने नाममा बलिरहेको बत्ती खुवाउने चलन भए पनि बुद्धिमायाले बलिरहेको आगोमा पस्न लगाएपछि गाउँलेहरूले प्रहरीलाई खबर गरेका थिए।

आगोमा पस्नुअघि मानबहादुरले पहिला गुरु पस्नुपर्ने त्यसपछि मात्रै आफू जाने भने पनि ती माताले पहिला चेला नै जानुपर्ने भन्दै आगोको खलीमा पस्न लगाएको प्रत्यक्षदर्शीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.