सुर्खेतमा प्रधानमन्त्रीको उद्घोष- भ्रष्टाचारविरुद्धको लडाइँ रोकिँदैन
वीरेन्द्रनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने बताएका छन्।
बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार सुशासन र समृद्धिका लागि बनेको बताए। कुनै पनि हालतमा चुनौतीहरू सामना गर्ने उनको भनाइ छ।
'अहिलेको सरकारको मूल मुद्दा नै सुशासन, सामाजिक न्याय र समृद्धि हो। त्यसका लागि सरकारले आफ्नो गति बढाइरहेको छ। अहिले परिवर्तनका उपलब्धिहरूको रक्षा गर्नु सरकारको अर्को मुख्य कार्यभार हो। हामी वैज्ञानिक समाजवादको अभियानमा छौं,' उनले भने।
उनले समाजवादी मोर्चा नेपालको कम्युनिस्ट आन्दोलनको एकता भएको बताए। उनले थपे, 'देशमा सुसाशन र समाजवादको कुरामा यो मार्चा एकैठाउँमा हुन्छ। यसलाई धेरै समय निरन्तरता दिन्छौं। अब बाँकी जीवन देश र जताको पक्षमा रहेर काम गर्ने मेरो संकल्प छ।'
नेकपा एमाले अध्यक्ष केफ शर्मा ओलीलाई इंगित गर्दै उनले अहिलेको परिवर्तनका बाहक नभएको बताए। 'ती मान्छे यो उपलब्धि हासिल गर्ने अभियानमा थिएनन्। माधव नेपाल, विप्लव र उपेन्द्र यादव मुलुकको परिवर्तनको पक्षमा लडेका नेता हुन्। 'ती नेताहरूसहित हामी एक ठाउँमा उभिएका छौं। अब यो मोर्चाले मुलुकको विकास र समृद्धिको अभियानको नेतृत्व गर्छ,' उनले भने।