गाँजा किन्न पुगेका साथीको हत्या, दुई जना पक्राउ

गाँजा किन्न पुगेका साथीको हत्या, दुई जना पक्राउ
सुन्नुहोस्

काभ्रे : गत मंगलबार बेथानचोक गाउँपालिकामा बेवारिसे अवस्थामा एउटा युवाको शव खोलामा भेटिएको थियो। मंगलबार भेटिएको युवाको शव एटिम कार्डको सहयोगमा प्रहरीले पत्ता लगाएका थिए। 

मृतक दोलखा मेलुङ गाउँपालिका-१ स्थायी घर भएर हाल काठमाडौं बस्ने २८ वर्षीय निर्मल बुढाथोकी रहेको पुष्टि भएको इलाका प्रहरी बनेपाका डीएसपी रेशम बोहोराले जानकारी दिए। 

शवको अवस्था हेर्दा मृत्यु प्राकृतिक थिएन। प्रहरीले हत्याको आशंका गरिरहेको थियो। तीन दिनमा नै हत्यामा संलग्नलाई पक्राउ गरिएको बोहोराले बताए। 

प्रहरीले मृतक युवासँगै दोलखाकै सैलुङ गाउँपालिका-८ का सुजन उप्रेतीसँगै काभ्रे आएको पत्ता लागेपछि उनलाई बुधबार लैनचौरबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बोहोराले बताए। 

मृतक युवा र सुजन उप्रेती बेथानचोक रहेको एक व्यक्तिको घरमा गाँजा किन्न पुगेका अनुसन्धानबाट खुलेको छ। सो रात बेथानचोकस्थानीय तीर्थराज तिमल्सिनाको घरमा उनीहरु बसेका रहेछन्। तीर्थराजले नौ किलो गाजाँको १० हजार मागे पनि उनीहरुले चार हजारमात्रै दिने भनेपछि विवाद भएको थियो। 

प्रहरीसँगको बयानमा उप्रेतीले सामान्य घाइते अवस्थामा आफूले छाडेको र पछि मान्छे मरेको सुनेपछि भागेर काठमाडौं पुगेर लुकेर बसेको प्रहरीलाई बयान दिएको बोहोराले बताए। 

प्रहरीले गाँजा बेच्ने र घरमा राख्ने तिमल्सिनालाई सात दिनको म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको डीएसपी बोहोराले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.