एसिया कप क्रिकेट: उत्कृष्ट ब्याटसम्यान र बलरलाई गाउँपालिकाले पुरस्कार दिने
जनकपुरधाम : नेपाल र भारत बीचको एसिया कप खेलमा धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्षले व्यक्तिगत पुरस्कारको घोषणा गरेको छ।
गाउँपालिकाका अध्यक्ष विपिन देव यादवले नेपाली क्रिकेट खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पुरस्कार दिने घोषणा गरेका हुन्।
उनले नेपाली खेलाडीले अर्धसतक लगाएमा ५० हजार, सतक लगाए १ लाख र नेपालीको कुनै बलरले ह्याट्रिक विकेट लिएमा ५० हजार बराबर राशीको पुरस्कारको घोषणा गरे।
उनले पुरस्कार आफ्नो व्यक्तिगत तर्फबाट खेलाडीलाई प्रोत्साहन स्वरूप प्रदान गरिने जनाएको छ।