रुपन्देहीमा ट्रकमुनि फेला परेको बम सेनाद्वारा डिस्पोज

रुपन्देहीमा ट्रकमुनि फेला परेको बम सेनाद्वारा डिस्पोज
सुन्नुहोस्

भैरहवा : रुपन्देहीमा फेरि बम बरामद भएको छ। जिल्लाको सियारी गाउँपालिका–४ छपिया स्थित ट्रक मुनि राखिएको अवस्थामा बरामद बम नेपाली सेनाद्वारा डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी भरत बहादुर विकले जानकारी दिए।

पछिल्लो समय जिल्लामा बम लिएर हिँडडुल गर्ने, सर्वसाधारणहरूलाई आतंकित बनाउने, बम विष्फोट गराउने, गोली प्रहार, चोरी, लुटपाट लगायत आपराधिक क्रियाकलाप गर्दै आएका छन्। 

जिल्लामा शान्ति सुरक्षा खलबलिँदै गए पनि जिल्लामा शान्ति सुरक्षाको कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले अपराध नियन्त्रण गर्नमा असफल देखिएको छ।

अपराध नियन्त्रणका लागि जिल्लामा प्रहरी सहायक निरीक्षक पवन जिसी र सागर भट्टराईको नेतृत्वमा दुई वटा छुट्टाछुट्टै टोली सादा पोसाकमा (घुमुवा) खटाइए पनि अपराध नियन्त्रणका लागि आवश्यक सूचना संकलन गर्नुपर्नेमा घुस लिएर सीमाबाट राजस्व छलीका सामग्री भित्र्याउनमा सहजीकरण गरिरहेको उनीहरूको माथि आरोप छ।

बरामद बम पड्काएर डिस्पोजको घटना शनिबारको भए तापनि प्रहरीले घटना सार्वजनिक गरेको थिएन। बरामद बम टिफिन जस्तो वस्तुमा राखिएको थियो। 

पछिल्लो समययता रुपन्देहीमा पटक पटक बम बरामद र विष्फोटनका घटनाहरू भइरहेका छन्। जसकारण सर्वसाधारणहरू चिन्तित र भयभित छन्। पछिल्लो समय भएका बमसँग सम्बन्धित घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। हाल उनीहरू कारागारमा छन्।

घटनामा संलग्न आरोपमा पक्राउ परेकाहरूले सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे र व्यवसायी भैरव प्रसाद कलवारको घर छेउमा बम विस्फोटन गराई ‘मधेस पिपुल्स पार्टी’ को नामबाट टेलिफोन मार्फत फिरौती रकम समेत माग गरेको रुपन्देही प्रहरीले पत्रकार सम्मेलनमा जनाएको थियो।

‘अहिलेको घटनामा पनि त्यही (बम विस्फोटन घटनामा पक्राउ परेका) समूहको संग्लनताको आंशका छ, हामी घटनाको अनुसन्धान गरिरहेका छौँ’ रुपन्देहीका एसपी विकले अन्नपूर्णसगँ भने, ‘हालसम्म घटनामा संलग्न आरोपमा कोही पक्राउ परेका छैनन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.